Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

वर भै बाँच्न चाहन्छु -डिल्लीराज अर्याल

वर भै बाँच्न चाहन्छु -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
मलाई छैन आकाश चुम्न, दौडिन, दाँजिन बनी आकाशको सूर्य दिनमा मात्र चम्किन वर्षाका रातमा केही चम्किने जुन्किरी हुन मुखमा दाग लाएर चम्किने चन्द्रमा हुन चाहन्न रातमा मात्र तारा बनेर चम्किन लाई सागरमा गोता रित्तै भएर फर्किन घरै बसेर सोफामा ब्यर्थै गफ लडाउन ङिच्याई दाँत लोभीका सामु हात फिंजाउन सकूँ सुकार्यको दीप बनी ज्योति फिँजाउन बर्सूँ बादल भै सारा धर्तीलाई भिजाउन बनूँ हिमाल कर्णाली काली कोशी बगाउन सकूँ या वरको बोट बनेर बाँच्न, झाङ्गिन जरा फैलाउँदै आफ्नै म चाहन्छु खडा हुन जराकै भरमा आफ्नै खोज्दैछु म हरा हुन जरा, हाँगा बढाएर सकूँ स्वयं म फैलिन छहारी तापमा, रात-साँझ आश्रय भैदिन चाहे पानी परोस् लागून् कुहिरो,शीत,बादल चाहे चरक्क चर्केर पोलोस् घाम कुनै पल बसून् मेरै छहारीमा - तातेका बटुवाहरू निदाऊन् फेदमा मेरै - थाकेका चरुवाहरू लाएर गुँड हुर्काऊन् बचरा या चराहरू आएर गदला खाऊन् मीठो मानी किराहरू म यस्तै ठडिई बाँचूँ बचाऊँ तापमा पनि सधै आश्रयदाता भै मर्न पाऊँ मरे पनि । 'म साँच्चै वर भै बाँचू फैलाऊँ जगमा जरा हाँगैपिच्छे सकून् बस्न रची नीड सधै चरा' समता नाममा स्वार्थी ममतामा भुलून् अरू सकूँ बाँच्न छहारी भै सबैको नभुलून् अरू पाल्पा, हाल - काठमाण्डौं-३२ ।

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - ०७:२७:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend