Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

निर्मलरमण पराजुलीका पाँच मुक्तकहरु

निर्मलरमण पराजुलीका पाँच मुक्तकहरु

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
मुक्तक - १ देश छोडेर विदेशतिर, पाइलाहरु चाल्दैछु म पसिना बेचेर पर्देशमा, घरको चुल्हो बाल्दैछु म चर्को घाम जोखिम काम, साहुको गाली खाँदै बर्षौंदेखि यसै गरि , जहान बच्चा पाल्दैछु म ... मुक्तक - २ सालैपिच्छे यति उति , भन्दै उमेर गन्दा-गन्दै आफ्नै आयु घटिराछ , आज भोली भन्दा-भन्दै पत्तो छैन कहाँ अनि , कति बेला प्राण जाने विदा हुनु पर्छ एकदिन्, जिउने बाटो खन्दा-खन्दै । मुक्तक - ३ जिउदो हुँदा नहेर्ने सन्तान , मरेको दिन हेर्न आउनेछन् सबै जना भेला भई वरिपरी, मलाई घेर्न आउनेछन् बाँचुञ्जेल एकै सरो टालो , सम्म नदिने सन्तानहरु जनैको साँचो खोज्ने निहुँमा, कात्रोले बेर्न आउनेछन् । मुक्तक - ४ भोक लाग्दा खाना छैन , छैन बस्ने घर घाम अस्ताउँछ राती हुन्छ , लाग्न थाल्छ डर बाबु आमा छैनन् मेरा , मायाँ गरि पाल्ने मेरा लागि सडक बाहेक , छैन केही भर ... मुक्तक - ५ निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि मेरो साथमा सँगै जिउन, तिम्ले पाईला चालेपछि कति खुशी भयो जीवन, भनी साध्य कहाँ छ र ? मेरो घरमा तिम्रा हातका, चुरा बज्न थालेपछि । सामाखुशी, काठमाण्डौं । (निर्मलरमण पराजुलीकाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/QUG-NUXamVk  

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - ०८:०३:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend