Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मीना चौलागाईका ५ समसामयिक मुक्तकहरू

मीना चौलागाईका ५ समसामयिक मुक्तकहरू

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
  मुक्तक - १ अचम्मै भयो कोरोनाको त्राश संसारमा संक्रमित छ विश्व आज लाखौं हजारमा चेतना हो यसको उपचार बाँच्ने बचाउने नगई भिडभाडतिर बसौँ भित्रै करारमा! मुक्तक - २ कोरोनाले मजदुर मालिक नेता भन्दैन बालबालिका बृद्धबृद्धा केटी केटा भन्दैन धनी गरीब सबैप्रति समान धारणा राख्दै सावधानी नअपनाए कान्छा जेठा भन्दैन ! मुक्तक - ३ आउनासाथ घरमा साबुन पानीले हात धुने हो लुगाफाटो फेरिसकेपछि मात्र यताउता छुने हो जसले मान्दैन घमन्डले कोरोना हो उसैको शत्रु पश्चातापले जलेर बाँकी जीवन पलपल रुने हो! मुक्तक - ४ अनुहारमा मास्क हातमा पञ्जा लगाउँदा राम्रो जानेको ज्ञान अरुलाई पनि बाँडी जगाउँदा राम्रो नेपालीहरू कति सचेत छौँ भन्ने देख्नेछ विश्वले नछोइ यसले हामीलाई परैबाट भगाउँदा राम्रो ! मुक्तक - ५ यो आफै काल होइन लापरबाहीले लिन्छ ज्यान डर समाधान होइन आत्मबलको चाहिन्छ ज्ञान प्रशस्त उमालेको पानी पिउने गरौँ बेला-बेलामा होशियारी महत्त्वपूर्ण हुन्छ यही यसको समाधान! - मीना चौलागाई काभ्रे-पाँचखाल न.पा.- ६ हाल : काठमाण्डौ । ७ चैत २०७६ (मीना चौलागाईका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU  

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - १५:१४:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend