Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

देशको चित्रण(कविता) -मीरा न्यौपाने गजुरेल

देशको चित्रण(कविता) -मीरा न्यौपाने गजुरेल

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
साँझमा पठाउँछु देशको चित्रण आजको देश र समाजको यथार्थ चित्रण गरिरहँदा यत्रतत्र छरिएका विसङ्गतिलाई छामछुम पार्दा पूर्व बिहानी र आजको प्रभातको झुल्कोमा, केवल मैले पाएको छु यहाँ हराएको सुन्दरता अनि न्यास्रिएको आफ्नोपन बेचिएको स्वाभिमान, गुमेको आदर्श एक आपसमा टुक्रिएको विश्वास र बढ्दो असमन्जस्यताले ठूलो बाढी पसेको छ हरेक नेपालीको मनमा दिन दिनै धमिमिलिएको मेरो देशको एकता बुद्धको शान्तिभूमिमा परेको तुषारापात र आमाको छातीमा परेको बज्रपातले मभित्र पीडाको ज्वालामुखी उठिरहेकोछ बिहे अगाडि नै तुहिएको नारीका आमा बन्ने सपना र लम्पसार परेका अनेकौ प्रश्नहरूका ठेलीले हरेक नेपालीको मुटुमा आघात परेकोछ हिमपातले पछारेको बालीनाली झैँ कठ्याङग्रिएको छ हरेकको तन कोपिलामै झरेका छन् नेपालीका रहरहरू शून्य छन् सारा गाउँ वस्ती समाजहरू टुहुरा बनेका छन् हरेकका आँगनहरू उजाड छन् वनपाखा करेसाहरू मौलाएको छ पलायनता दिन प्रतिदिन देशमा देश बिखण्डित र नाजुक बन्दै गइरहेछ रोएका छन् हाम्रा सारा नेपालीहरू त्यो नील गगनमा जताततै स्वार्थका मुस्लाहरू उडिरहेका छन् आमाको छातीमा कुल्चने कपूतहरूको साम्राज्यले म टुक्रिएँ, बेस्सरी टुक्रिएँ ममा सहने शक्ति रहेन मनका बाँधहरू नराम्रोसँग फुट्न लागे म चिच्याएँ मेरो देशको भविष्य सम्झेर म रोएँ बेस्सरी रोएँ विदेशिएको भाइको अनुहार सम्झेर थिल्थिलिएको मेरी आमाको मुहार सम्झेर मेरो बाको भोलिको दिन सम्झेर अनि मेरा देशका कर्मठ युवाहरूको भविष्य सम्झेर खोक्रो देशको माया बोकेका ढोङ्गीहरू र राष्ट्रवादी भनाउँदाका अधिनायकवादले आज मेरो देश हरेक नेपालीको आँखाबाट रोइरहेछ चिच्याइरहेछ, बर्बराइरहेछ मेरो देशको सगरमाथा निमुखा बन्दै गइरहेकोछ ओइलाउँदैछ देशको धर्म र संस्कृति बिरामी परेका छन् अचेल मेरा सारङ्गी मादल खैँजडीहरू दु:खी छन् डाँफे मुनाल कोइली र मयुरहरू बज्दैनन् यहाँ देवालय र मन्दिरहरूबाट शान्तिको धून अहो ! मेरो देश चारैतिरबाट गिद्धले मासु लुछेझैँ लुछिँदैछ बलियो छ अपराधीहरूका अखडा यहाँ सत्यको दिन प्रतिदिन आहुति भइरहेको छ कठै ! कसलाई फूर्सद होला यो माटोको बारेमा गम्भीर भएर सोचिदिन कसले लगाउला यो माटोको छातीमा मलम मेरो देश हरेक पल प्राणहीन बन्दै गइरहेको छ कसले बुझिदेला यो माटोको मर्म मेरो देश जीवित नरहे को रहनेछ यहाँ ? कुन नामले चिनौँला हामी कस्तो होला भोलिका पिंढीका दिनहरू यिनै जटिल प्रश्नहरूले मेरो मन मस्तिष्क नराम्रोसँग धमिलिन्छ बाढीले धमिलाएको खोला जस्तै लेख्दा लेख्दै म हराएँ कताकता म तरङ्गिएँ गहिरो सोचमा मेरो देशको चित्रणमा कैले निख्रिएला यो पापको पराकाष्ट यो देशबाट कैले बन्ला मेरो देश पुनःरामको राज्य कैले झुल्केला मेरो देशको आँगनमा शान्तिको प्रभात कैले बन्ला फेरि मेरो देश बुद्धको कैले जन्म लेलान् सीता र भृकुटीले यो आँगनमा तब मेरो देश ज्ञानको पुण्यभूमि बन्ने थियो चारैतिरवाट खुसियालीको शङ्खनाद हुनेथ्यो हर नेपालीको घर-घरमा स्वाभिमानको झण्डा फर्फराउँथ्यो मेरो देश विलकुल स्वतन्त्रतामा बाँच्ने थियो बिहानीको मिर्मिरेमै मुस्कुराउने थियो अङ्ग-अङ्गमा स्वाधिनता बोकेर पहाड तराई मधेसबाट पुन:एकताको आवाज गुन्जिनेथियो । - तिनकुने, काठमाण्डौ । (मीरा न्यौपाने गजुरेलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - १६:१५:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend