Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राजेन्द्र उपाध्यायका ५ मुक्तकहरू

राजेन्द्र उपाध्यायका ५ मुक्तकहरू

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
    मुक्तक -१ उस्तै छ पीर उस्तै छ रोदन फेरिएन अझै बरु बढ्दो मात्रामा छ झन् फेरिएन अझै कयौं महिना कयौं साल फेरिए फेरिन त तिम्लाई सम्झि रुने यो मन फेरिएन अझै । मुक्तक -२ यो मन को दाग मेटाउन गाह्रो हुँदो रैछ झन् अतीतहरु भुलाउन गाह्रो हुँदो रैछ हाँसी खुसी मस्त सँग जिउँछु भने पनि पीडा लुकाई मुस्कुराउन गाह्रो हुँदो रैछ। मुक्तक -३ सोच खराब नियत खराब किन गर्छन् होला सोच्दा सोच्दै हुन्छ तनाव किन गर्छन् होला काट्दा रगत सबैको रातै आउँछ तर पनि मान्छे मान्छे बिच भेदभाव किन गर्छन् होला मुक्तक -४ भेटघाट कम कुराकानी कम हुनुरहेछ भोक प्यास निन्द्रा चयन हजम हुनुरहेछ उनले बोल्न छोडिन् मैले बोलाउन छोडेँ सायद हाम्रो माया यहीँ खत्तम हुनुरहेछ मुक्तक -५ कतै नजाउँ लाग्छ सधैंभर छोड्न मन लाग्दैन जन्मेकै ठाउँ लाग्छ सुन्दर छोड्न मन लाग्दैन बाध्यताहरुले तँ परदेश जा परदेश जा भन्छ आमाको ममता देखेर घर छोड्न मन लाग्दैन । जयपृथ्वी नगरपालिका - ५ लुयाँटा- बझाङ्ग । (राजेन्द्र उपाध्यायका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) https://youtu.be/QUG-NUXamVk   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg        

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - १६:२१:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend