Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कोरोना : प्राकृतिक अणुबम (कविता) - अर्जुन शर्मा निरौला

कोरोना : प्राकृतिक अणुबम (कविता) - अर्जुन शर्मा निरौला

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
मन्दिर सुनसान छ मस्जिद,गुम्पा अनि गिर्जा पनि उस्तै ईश्वर, प्रशु भगवानहरु एक्लै छन् शहर सुनसान छ, गाउॅ चकमन्न ।। सबै थामिएको छ, शान्त छ शहर अनि गाउॅ सड़क सुनसान छ,सडक लम्पसार सुतिरहेछ हल्ला, कोलाहल बाझो-जुझो सबै शुन्य छ मान्छे दुला पसेका छन्, बाॅच्नका निम्ति। । यो हैंजा,प्राकृतिक अणु बम बनेको छ मानव सभ्यता पराजित भएको छ यो बेला नर संहार भईरहेछ पृथ्वीभरि,विज्ञान हारेको छ आतङ्कित छ मानव,मानव अस्तित्व रहने हो, होइन ? परिवेश स्वच्छ बनिरहेछ, चराचुरुङ्गी वन्यजन्तु स्वतन्त्र छन् हत्या, बलात्कार, कु-कर्म ठप्प छन्, सत्ययुग फर्किए झैं छ नहुनु पर्थ्यो, भयो, राम्रै भयो, चेतना खुल्नुपर्छ अब मानवको नराम्रो भयो राम्रोकै निम्ति, मानसिकता बद्लिनु पर्छ अब मानवको । । प्रकृतिको बिरोधमा थियो मानिस, अहम् बढेको थियो हाम्रो जन्मलाई रोक्यो, नदी-नाला रोक्यो, प्रकृतिलाई जित्नु खोज्यो नष्ट गर्यो प्राकृतिक सम्पदा, प्राकृतिक सन्तुलन बिग्रियो पृथ्वीको यो प्राकृतिक अणुबम जसले पृथ्वीको मैला कुचेला स्वच्छ बनाएर लानेछ । - गीतखोला, दार्जिलिङ्ग । (अर्जुन शर्मा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) https://youtu.be/QUG-NUXamVk https://youtu.be/-nOYsZW0UEg https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - १६:२६:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend