Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जवाबी हमला (कविता) - सुधीर ख्वबि

जवाबी हमला (कविता) - सुधीर ख्वबि

नेप्लिज डायस्पोरा

२१, चैत्र २०७६
images
  यो समय एउटा अदृष्य डरले त्रसित हुन थालेको छ, सारा मन । शीरमाथी तरवार झुन्डिए झैं डरले आक्रान्त मुहारहरू मुखौटा ओडेर बसिरहेका छन् । यध्यपि, थाहा छैन कसको भाग्य खराब छ कसको जीवन रेखा छोटिने छ । कसलाई के थाहा? कसको समय बलवान छ कसको समय अत्यन्त कमजोर । अदृश्य डरले ताण्डव मच्चाइ हालेको अवस्थामा उसले भेदभाव कति र कहाँ गर्छ होला । वेरोक तोक जहाँ पनि छिर्न सक्छ नि यो डर । हरेक घर, दरबार, संसद भवनलाई जेल बनाएर थुन्न सक्छ च्याम्बर बनाएर निस्सासिने पार्न सक्छ । होशियार ! डर, सिकारको खोजीमा विश्व भ्रमणमा निस्किसकेको छ । र सारस त्रासमा बाँच्न बाध्य छ चील पनि त्रसित भैसकेको छ डाँफे त डरले काम्न थालिसकेको छ । यो क्रम विस्तारमा छ इमु, मुजुर, गालिक रोस्टर र अन्य पंछीहरू आक्रान्त छन् । सायद डर हिटलर बन्ने सोचमा सायद नेपोलियन बन्ने होडमा । र डरको साम्राज्य खडा गर्न , संसार जित्न चाहान्छ संसार हराउन चाहान्छ । आत्मविश्वासको धरातलबाट सतर्कताको हतियारको प्रहार गर्दै डरको साम्राज्य ध्वस्त पार्न । यो समय अनर्गल हल्लाहरुको भीडमा अदृष्य डरको डरलाई परास्त गर्न जरुरी भैसकेको छ एउटा जवाबी हमला । - ललितपुर, नेपाल । ( यस कवितामा उल्लेखित पंछीहरू विभिन्न देशका राष्ट्रिय पंछीहरु हुन् । सुधीर ख्वबिको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १५:३१:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend