Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सन्तान (लघुकथा) - सुधिर कुमार 'सुमन'

सन्तान (लघुकथा) - सुधिर कुमार 'सुमन'

नेप्लिज डायस्पोरा

२१, चैत्र २०७६
images
  झुपो हालेर बस्दा दिदीले भनिरहन्थिन। "हेर है भाईहरु कता कता के के खर्च भाको छ राम्रोसी हिसाब राखाओ । कान्छाले पनि अस्पताल लैजाँदा भएको सबै खर्च जोड् । काजकिरिया यता उतामा के कसो हुन्छ जेठाले हिसाब राखेकै होलास् ।" फूपूले उहीँ कुरा कोट्याइरहन्थिन् । हिसाब नमिलेर तेह्र दिनको दिनमा नै हाम्रा गाउँमा दाजुभाई काटाकाट गरे । तिमारुको त्यस्तो नहोस नि फेरि ।बाहुनलाई के के दिने हो ? मलामीले खाजा खाएको खर्च के कति छ सबै हिसाब जोडेर राखाओ ।" तेह्रौ दिनको काम फुकेकै भोलिपल्ट जेठा बजार झर्यो । कात्रोको पैसो, मलामीको खाजा, बाहुनको सामान अनि अरु खित्रीमित्रीको बिल सँगसँगै साहुसँग एउटा खाली बिल माग्यो । खाजा खाने पसलमा बसेर आठ दश हजार बढाएर अर्को बिल बनायो । यता कान्छा अस्पतालको बिल। होटल भाडा, गाडी भाडा बाटोमा खाएको चिया खर्च सबै कापीमा जोडेर मुसुक्क मुस्कुरायो । "तिम्रा छोराहरु त नेताभन्दा पनि कडा रैछन् । कात्रोमा पनि कमिसन खान छोडेन ।" माथीबाट छोराहरुको चर्तिकला हेरिरहेकी आमालाई मैले कोट्याउँदै सोधेँ । "मेरै छोरा जस्ता मध्येबाट छानिएर नेता बन्ने त हो नि। छोरो गतिलो भए पो नेता गतिला हुन्थे । देश नेताले भन्दा पनि सन्तानले बिगारेका हुन् । " - गाउँशहर, लमजुङ्ग । (सुधिर कुमार 'सुमन'को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/QUG-NUXamVk

images
प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १५:४०:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend