Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गर्नु हुन्न यस्तो भूल -डिल्लीराज अर्याल

गर्नु हुन्न यस्तो भूल -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

२२, चैत्र २०७६
images
सग्लो राम्रो यौवनले परिपूर्ण घोडालाई हेरिराख्दो देखी खुबै आफूतिर नजरलाई मनशाय बुझी सोची मनमनै खिन्न बनी भनी सानी गदहीले ‘भो भो भयो हुन्न' भनी तिम्रो कुल वर्ण सोचे मलाई त राम्रै होला मिलनको परिणाम पनि नराम्रो के होला ? हुनसक्छ संयोगले रूप अझै राम्रो देला तर सोच वंश कहाँ मेरो, तिम्रो धानिएला? हाम्रो गुण वर्ण मिली जुन नयाँ रूप बन्छ कहाँ त्यसबाट हाम्रो वंश अघि बढ्न सक्छ ? देखे- बुझेकी छु सबै, सम्बन्ध त हुन सक्छ यस्सो देख्दा प्रतिफल पनि राम्रै लाग्न सक्छ तर बन्द हुन्छ त्यहीँबाट हाम्रो परम्परा किन अन्त्य गर्ने- जानाजान वंशपरम्परा ? वंशै मास्ने मेल कहीँ कतै हितकारी हुन्छ? मात्र अर्कै रमाउने काम राम्रो कहीं हुन्छ? तिमी आफ्नै कुल हेर, मैले मेरै कुल हेर्छु आफ्नै कारणले कुल मास्ने काम किन गर्छु? तिमी साह्रै सुन्दर छौ म सुन्दरी त्यति छैन तर महत्त्वमा भने कोही कम छेनौं, हैन ? तिम्रो चाह, तिम्रो रूप, कुल मन पर्छ पर्न ख्याल गर्छु सन्ततिको पनि रूप कम हुन्न यौटै कुरा सोचेकी छु- त्यसपछि हाम्रो कुल? यही सोची भन्छु मैले - गर्नु हुन्न यस्तो भूल ! पाल्पा हाल: काठमाडौँ

images
प्रकाशित मिति :चैत्र २२, २०७६ शनिवार - १०:०९:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend