Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल देश यो -उत्तम विचार

नेपाल देश यो -उत्तम विचार

नेप्लिज डायस्पोरा

२२, चैत्र २०७६
images
अनुष्टुप छन्द । सिंच रे वाग माली भै', हुन्न रे बस्न व्यर्थमा सोस्नेछ जल माटाले, सोस्दैन तर स्वार्थमा । रोप्नु साँटो उखेल्दैछौ, बिरुवा किन वानर अर्को घर विगार्नेले आफ्नो कहाँ सपार्छ र ? नाना रत्नादि श्रीखन्ड छरेर वासना यहाँ बेली पुष्प सुगन्धादि फुलाउनु छ वागमा । सिंचेर जल माटोमा उखेल्दा बोट झारका फल्नेछन् लटरम्मै ती स्याउपाती अनारका ।। रुपियाँ मात्र देख्दैछौ हुन् सबैथोक मानव कमाई खानु राम्रो हो, छर्नुछ पसिना अब । खेतिपाती नहोस् ता क्यै गर्नु कर्म सुहाउँछ गमला हेर माटोमा, गुलाफ त्यो फुलाउछ ।। माटो खन्नु छ खोस्रेर पसिनाले भिजाउनु मृदु जो मुटु माटाको हुन्न रे त्यो दुखाउनु । छरे फल्दछ माटोमै हिरामोती जुहार त्यो फेरिन्छ हेर आमाको झलमल्ल मुहार त्यो ।। गाडी कदापि गुड्दैन सकिन्छ जब तेल नैं निभ्दछ दीप जल्दैन, नियति बन्छ खेल नैं । फुल्छ गुलाफ हाँसेर, गरे श्रम विशेष यो लाग्यो सुन्दर बन्नेछ आहा! नेपाल देश यो ।। लिखु-६ नुवाकोट ©उत्तम विचार #कोरोनाकहर/#बसिबियाँलो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७६ शनिवार - ११:२६:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend