Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कोरोना र मिसाइल (कविता) -सुनिल पौडेल

कोरोना र मिसाइल (कविता) -सुनिल पौडेल

नेप्लिज डायस्पोरा

२२, चैत्र २०७६
images
को भन्दा को कम जुङाको लडाईंमा पर्दा र पार्दा मै हुँ भन्ने राष्ट्रहरु पनि आज मुख देखाउन नहुने, गरि थलिएको देख्दा लाग्दैछ तरबार भन्दा कलम ठुलै रहेछ भन्ने उक्ती देख्न नसकिने एउटा सानो भुसुनो ,यति बिकराल होला भनेर न चिनले सोच्या थियो अमेरिकाले त गन्नी कुरै भएन अरु युरोपियन देश यतै तेतै रुमली रहे झै देखिन्थे सधैं गोला बारुदमा मात्रै रमाउने विश्व आज एउटा भुसुनो कोरोनासँग तर्सी रहेछ ! अन्तरीक्षमा मानब पठायौ भनेर सधैं बाजा बजाइ रहने शक्ती राष्ट्रहरु आज जाबो भुसुनो सँग कसरी लड्ने सोच्न सम्म पनि सकेका भए यतिका मान्छे सोतर नहुँदा हुन | कोही चिनले कोही अमेरिकाले आखिर कति दिन सम्म कटुता एक देशमा लाग्दा अर्कोले खुचिङ नगरेका हुन्थे त , यति सारो महामारी नहूदो हो आखिर !! साना लाई हेला र आफु संगैका लाई तिरस्कार गर्दैमा शक्तीशाली नभइने रछ देखियो भोगियो सधैं रकेट र अन्तरीक्ष यान प्रक्षेपण गर्दैमा हुने वाला केही रहेन छ् शासकहरुले बुझे या बुझेनन ? बुझ्न खोजे या खोजेनन ? त्यो भोलीले बताउला जनताको जिउ ज्यान भन्दा अर्थतन्त्र ठुलो मान्ने शासकहरु अर्थतन्त्रकै बात मार्दै छन | जनता मर्नुमा उनी हरुको कुनै सम्बेदना नै,छैन झै भुकी रहेछन पाठ पढाई रहेछन शक्तीशालीको बिचारा बिकासान्मुख देश कहिले भुसुनोको ओखती कसले पत्ता लगाउला भनेर हेरी रहनु छ् टाउके हरु अझै अब कुन देश सँग युद्घको तयारी गर्नै भनेर सोच्दै होलान तिमीले परिक्षण् गरेका ति सयौ मिसाइल भन्दा त्यो सानो कोरोना भुसुनो शक्तीशाली रहेछ अब त चेत आवोस भुसुनो सँग लड्न मिसाइल होइन ठन्डा दिमागले सोच्ने र मनन गर्ने बिचार आवश्यक छ्/ ब्यर्थमा कोरोना बिरुद्ध मिसाइल नछोड जसले अनाहकमा सर्ब साधारणको ज्यान नगुमोस | कुश्मा नगरपालिका ७, खरेहा,  पर्बत हाल: बाल्टिमोर अमेरिका

images
प्रकाशित मिति :चैत्र २२, २०७६ शनिवार - ११:४०:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend