Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आई एम विथ कुईन्स – शैलेश श्रेष्ठ

आई एम विथ कुईन्स – शैलेश श्रेष्ठ

नेप्लिज डायस्पोरा

२२, चैत्र २०७६
images
  कोरोना भाईरस संक्रमणको रोल नम्बर एकमा रहेको अमेरिका, अमेरिकाकै आधा पीडा व्यहोर्न बाध्य भएको राज्य न्युयोर्क, त्यसको आधा हिस्सा व्यहोर्दै संक्रमणसंग लडिरहेको साहसी न्युयोर्क सहर र त्यस अन्तरगत पनि ठुलो हिस्सा र आवादी करोना कहरमा संक्रमित हुन बाध्य भएको कुईन्स काउन्टीमा ठुलो संख्यामा हाम्रो नेपाली समुदाय संक्रमित र पीडित भएको यो यथार्थका बारेमा हामी जानकार नै छौं । म आफु लामो समय बसेको ठाउँ भएकोले होला सायद मलाई अझ धेरै दु:खेको छ कुईन्स! तर म केही गर्न सक्दिन सामाजिक संजालमा दुई शब्द लेख्न बाहेक । यो बिपतले हामीलाई निरिह बनाएको छ । अर्कै ग्रहहरुमा बस्ति बसाउन तम्तयार भएका मानिस जाती यति निरिह हुने दिन पनि आउँछ भनेर मैले कुनै दिन कल्पनासम्म गरेको थिईन । मेरा सम्पर्कमा रहेका संसार भरका आफन्त, ईष्टमित्र, साथीसंगी, मेरा पाठक, दर्शक अनि शुभचिन्तकहरुबाट हरेक दिन जसो दर्जनौंको संख्यामा फेसबुक म्यासेन्जर मार्फत सोधिने गरेको छ ज्याक्सन हाईट्सका हाम्रा नेपालीहरुका बारेमा । कसलाई कसरी सहयोग पुर्याउन सकिन्छ भनेर अहिले नेपालीहरु बिच कन्फरेन्स कल गर्ने नयाँ खाले प्रचारवाजी र होडबाजी पनि आरम्भ भएको छ । न्युयोर्कका स्व-स्फुर्त सहयोगी समुहहरुले आयोजना गरेको र महामहिम राजदुत डा. अर्जुन कार्कीले आयोजना गरेका केही कन्फरेन्स कलहरुमा सहभागी हुने असवर मलाई पनि प्राप्त भएको थियो । सबैको हुटहुटी करिब उस्तै उस्तै हुनेगरेका छन, सद्भावनायुक्त र सहयोगी तर हामी प्राथमिकता निर्धारण गर्ने कुरोमा चाँही अक्सर चुक्ने गरेका छौं । डाक्टर सापहरु अत्यन्तै सक्रिय हुनु भएको छ । यति धरै नेपाली मुलका डाक्टरहरु रहेछन भन्ने कुरोको जानकारी पनि भयो । सानो घेरामा या यस्ता कलहरुमा उहाँहरुले “काउन्सिलिङ्ग” बाँडीरहंदा ज्याक्सन हाईट्समा बस्ने हाम्रो ठुलो संख्यालाई थर्मोमिटर, टाईलनल र मास्कको सक्त जरुरत भएको बारेमा हामीले भन्न सकेका छैनौं कि? हाम्रो यो संक्रमित खतरायुक्त बस्ति र आवादीलाई पहिलो प्राथमिकतामा राखेर यस्ता श्रोत र साधनयुक्त व्यक्तिहरु, एनआरएनए आईसीसी, एनसीसी, अन्य राज्य र सहरका ठुला प्रतिष्ठित संघ-संस्थाहरु, सक्षम व्यक्ति-व्यक्तित्वहरुले आफ्नो ईच्छा र गच्छे अनुसार सहयोग गरिदिनु भयो भने हाम्रा मान्छेहरुले ठुलो राहत पाउने थिए । “हाम्ले के गर्न सकिएला शैलेशजी?” भनेर लोकाचार भाकाका फोन गर्ने साथीहरुलाई मैले त सानो अनुरोध गर्ने गरेको छु न्युयोर्कका हाम्रा थुप्रै साथीहरु आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरिरहनु भएको छ यदि तपाईको सहरमा थर्मोमिटर, एन-९५ मास्क, टाईलनल पाउँछ भने मेल गरेर पठाई दिनुस । अहिले दुरगामी परियोजना अनि ठुलो कुरो गर्ने समय होइन जसले जे सकिन्छ गरौँ । कुनै पनि कर्म आफैमा सानो या ठुलो हुँदैन त्यसको मापन परिणामले निर्धारित गर्ने गर्दछ । सहयोग गर्न नसक्ने हामीले ग्लानी गरेर रोग निम्त्याउनु पनि हुन्न कमसेकम कर्मबीर साहसीहरुलाई “क्याबात!” सम्म भनौं । सहयोग भनेको “द्रब्य” मात्र हुनुपर्छ भन्ने छैन यो बेला “भावना” ले मात्र पनि पीडितहरुमा ठुलो साहस र शक्ति मिल्दछ । कुईन्स काउन्टीका साथीहरुले आफ्नो ज्यानको पर्वाह नगरी मास्क, थर्मामिटर, औषधि र अत्यावश्यक खाध्य सामग्री ढोका ढोकामा पुर्याई रहनु भएको छ । आफुले हड्सनवारीबाट खासै केही गर्न नसकेको वर्तमान अवस्थामा ती सबै साहासी “हिरो” हरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।  न्युजर्सी, अमेरिका

images
प्रकाशित मिति :चैत्र २२, २०७६ शनिवार - १७:२६:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend