Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

कोरोना महामारीले जन्माएका केही मुक्तकहरू

कोरोना महामारीले जन्माएका केही मुक्तकहरू

नेप्लिज डायस्पोरा

२५, चैत्र २०७६
images
  मुक्तक -१ लागेको छ रुघाखोकी चिन्ता लाग्दै छ लगातार रोकि नरोकी चिन्ता लाग्दै छ तिमिले घाइते बनाई छोडी गएको मुटु कोरोनाले लिनेहोकी चिन्ता लाग्दै छ । - रमेश आचार्य कैलाली ....................................................................... मुक्तक -२ विदेशमा मर्नेहरु कतै हजार, कतै छन् सय कोरोनाको सन्त्रासले, सबैमा छायो भय दशै नै आको जसरी, लर्को देखिन्छ हेर्दा मरे पनि आफ्नै गाउँमा, भन्दै मानिस गए । - चेतन खतिवडा वीरगञ्ज, हाल : काठमाण्डौ । ....................................................................... मुक्तक -३ के के हुँदैछ खै जटिलता कसले बताइदेला ? अनि कस्तो छ बिवशता कसले बताइदेला ? चारैतिर कोरोना कोरोना अत्याउँदैछन् मान्छे, साँच्चै के हो वास्तविकता कसले बताइदेला ? - लक्ष्मी स्मृति बिराटनगर - ५, नेपाल । ....................................................................... मुक्तक -४ त्राहीमाम छ सारा जगत, यमराजको भट्टा हुँदैछ युद्ध-भूकम्प भुल्ने गरी, मानू कालको सट्टा हुँदैछ रोगिने कसैको चाह हुँदैन, आफै नपरी थाह हुँदैन गम्भीर सन्देश कोरोनाको, कतिलाई त ठट्टा हुँदैछ । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । ....................................................................... मुक्तक -५ सोझा जनतालाई मारमा पारी रोकिँदै रोकिएन यो भ्रष्टाचारको देशमा भ्रष्टाचारी रोकिदै रोकिएन अरु देशले सित्तैमा बाँड्दा यत्ति बुझ्दैन मेरो देशमा माक्सको समेत कालो बजारी रोकिँदै रोकिएन । - बिमल रेग्मी "प्रेम" निसिखोला - ४ थापागाउ बाग्लुङ   संकलन : गोम बिक्रम

images
प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - १२:०६:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend