Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पर्नेछु तिम्रै भर (कविता) - लोकविक्रम मल्ल

पर्नेछु तिम्रै भर (कविता) - लोकविक्रम मल्ल

नेप्लिज डायस्पोरा

२५, चैत्र २०७६
images
  (छन्द : शार्दूलविक्रीडित ) फुल्दै फूल थरीथरी किसिमका माया बढोस् उर्वरा बढ्दै प्रेम सदाबहार ममता ईर्ष्या गरून् अप्सरा फेरा सात घुमेर बस्न दिलमा छोडेर जन्मै घर लाखौँलाख जुनी भए यदि भने पर्नेछु तिम्रै भर मैले रत्न दिनै सकेन गतिलो लाचार मान्छे बनी काट्दै रात अभावका कहरका जे जे छ राम्रै भनी मेरा साथ अगाध प्रेम गहना मान्यौ नि मेरै भर लाखौँलाख जुनी भए यदि भने पर्नेछु तिम्रै भर छोड्दै थातथलो र जन्मघरका छोडेर सङ्गी सबै भुल्दै शीघ्र अतीतका दिनहरू अन्जान बन्दै सधैं फेर्दै बस्त्र र चाह भित्र मनका फेरेर आफ्नै थर लाखौँलाख जुनी भए यदि भने पर्नेछु तिम्रै भर हेर्दैमा विनयी भएर घरमा आएर लक्ष्मी बनी फेर्दै गोत्र र जात त्यो विगतको आयौ बुहारी बनी शिष्टाचार सदा नयाँ किसिमको संस्कार मान्दै गर लाखौँलाख जुनी भए यदि भने पर्नेछु तिम्रै भर प्यारा बालसखा र मित्र मनका छोडेर माता-पिता राख्दै स्नेह अजम्बरी समझमा चोखो सदासर्वदा भर्दै खाडल जिन्दगी जगतका मायालु बन्दै गर लाखौँलाख जुनी भए यदि भने पर्नेछु तिम्रै भर । - अजयमेरू गापा- ३ डडेल्धुरा । (लोकविक्रम मल्लको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - १२:१३:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend