Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - पबित्रा घिमिरे रुन्ची

गजल - पबित्रा घिमिरे रुन्ची

नेप्लिज डायस्पोरा

२५, चैत्र २०७६
images
  हौसला छैन हतोत्साही झन् गलिरहेछ मान्छे। कोरोनाको डरमा छट्पटीले जलिरहेछ मान्छे। प्रविधिक‍ो युग सुल्झेन समस्या अझै पनि, हेर्दा हेर्दा अस्पतालमा किन ढलिरहेछ मान्छे। चार समाचार हजार डरत्रासले पोलेर हृदय, घाटको चिता जस्तै दनदनी बलिरहेछ मान्छे। आशाको त्यान्द्रो छ सुरक्षित हुन खोज्दै सधैं, घाउमा नुन खुर्सानीको मलम दलिरहेछ मान्छे। चोट बोकी मनमा अोठले झुट्टो मुस्कान दिँदै, हरबखत आफूले आफैलाई छलिरहेछ मान्छे । - निजगढ बारा ।  (पबित्रा घिमिरे रुन्चीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - १२:१८:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend