Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कोभिड-19 (कविता)-सबिता अधिकारी

कोभिड-19 (कविता)-सबिता अधिकारी

नेप्लिज डायस्पोरा

२६, चैत्र २०७६
images
भो नआऊ यता “कोभिड” तिमी, हुरी बतास चलेको बेला तिम्रै पिडाले यो मन भित्र, दन दन आगो बलेको बेला यता घाटा लाई रहेछ “कोभिड” मलाई त्यसै पनी दिनदिनै उता भने तिम्रो ब्यापार लाखौ लाख टन्नै चलेको बेला हाँस्दै डुल्दै हिड्नुको मज्जा केछ र “कोभिड”यहाँ दुनिया भर सपनाको महल आज फेरी, जरैबाट ढलेको बेला छोडिदेऊ माया पिरतीका कुरा गर्न “कोभिड ”मलाई सयौ मान्छेहरू याँहा मलामीको डोली चढिरहेको बेला बिश्व भ्रमणको कुरा नगर “कोभिड” तिमी मलाई घर भित्रै तड्पी तड्पी बन्दी जिवन बिताई रहेको बेला सक्छौ तिमी जिवन दान देऊ “कोभिड” एकपटक मलाई संसार भरी तिम्रै नाम गल्ली गल्लीमा चलिरहेको बेला बाल्टिमोर अमेरिका   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १३:११:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend