२६, चैत्र २०७६
मुक्तक -१
सत्य सत्य धर्ती रोएको छ
कोरोनाले बिश्व छोएको छ
मौका छोप्दै भ्रष्टाचारले नै
गरिबकै मन मुटु धोएको छ ।
- उषा केसी
काठमाण्डौं ।
.....................................................................................
मुक्तक -२
कुरा त धेरै भएका छन काम हुनुपर्यो।
भोकै भएका नेपालीलाई माम हुनुपर्यो।
सङ्क्रमित बढ्दाखेरी आतंक मच्या छ,
उपचारको लागि राम्रो ठाम हुनुपर्यो।
- लक्ष्मी स्मृति बिराटनगर -५
.....................................................................................
मुक्तक -३
कुरा स्वास्थ्य उपकरणको, नियत अर्को छ
बहाना छ उस्तै, तर, कमाउनेकाे लर्काे छ
लाजै पचाएपछि त कसकाे के नै लाग्छ र
सुन्नुस् त, जाे चाेर, उसैको स्वर यहाँ चर्को छ ।
- विनोद नेपाल
पोखराथोक पाल्पा, हाल : काठमाण्डौ ।
.....................................................................................
मुक्तक -४
मानवता हराएकामा न हरि छ न राम छ
भोको पेट हुनेहरूका दुख पिडा तमाम छ
आपत पर्दा समेत आफ्नै स्वार्थ हेर्छ्न यहाँ
राह्तको सुचिमा हुने खानेहरुकै नाम छ!!
- मन गहिरे
तानसेन, पाल्पा ।
.....................................................................................
मुक्तक - ५
गरिबलाई काम छैन, चिसा पसिना पुछेका छन्
जहान राखी रुलुटुलु, आँसुमा सातु मुछेका छन्
गर्छु भन्नेले बैतर्नी तार्दै,धमिलो पानीमा माछा मार्दै,
देशमा संकट पर्दा पनि, गिद्धले भन्दा लुछेका छन् ।
✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ चैत्र २६
संकलन : गोम बिक्रम
प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार -
१४:०१:३२ बजे