Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

तामा चाँदी पनि उस्तै   -डिल्लीराज अर्याल 

तामा चाँदी पनि उस्तै   -डिल्लीराज अर्याल 

नेप्लिज डायस्पोरा

२६, चैत्र २०७६
images
पीतलबाटै पर्ने भयो विस्थापित हुन
यही सोची भित्रभित्रै लुक्न थाल्यो सुन !
तामा, चाँदी ,पीतलले भन्दै थिए सुन
'सुन कम भए न हो खुल्ने हाम्रा दिन'
भन्छ फलाम मेरो पनि आउने भयो दिन
काम्र छैन किलो, फालो नबन्ने त्यो सुन
त्यै सुनको मान, भाउ त्यसैको छ शान
हुनुपर्ने कामको हो भाउ, शान, मान
खेत जोत्न बारी खन्न मै चाहिने अरे
घाँस दाउरा काट्न पनि मेरै भर परे
जे जे गर्नु पर्छ काम सबै गर्ने मैले
अघि सर्नु सार्नु परे त्यही सुन पैले ?
यो मान्छेको बुद्धि पनि के भएको यस्तो !
जो छ खटी काम गर्ने त्यही सधैँ सस्तो !
सडकमा, पिढी, गोठ खट्ने भिड्ने म नै
बाकस, दराज, शरीरमा हुने त्यही सुनै
त्यसै त्यसै मन मर्छ चाला देखि यस्तो
यो मान्छेको जात गुन गर्नै हुन्न जस्तो !
जति खटें त्यत्ति भएँ पाखा, होचो, हेला,
पर्लान् जस्तै लागेको छ मान्छे, सुन फेला !
जे जे भए पनि अब मिल्नैपर्छ हामी
नमिलेमा हामी सधै सुनै हुन्छ दामी !
भन्दा भन्दै फलामको स्वर धीमा भयो
तामा चाँदी पनि उस्तै उस्तै लाग्दै गयो !
बिस्तारले थाल्यो चाँदी लोहासँग भन्न
भन् त तेरो भर पर्न डर हुन्छ हुन्न?
खतरा छ तेरो बानी सधै पछि पार्ने
भाइ-बन्धु,जातिलाई पनि काट्ने मार्ने
काम जति गरे पनि गर्छस् काटमार
भाइ बन्धु मार्न हुन्छस् सधै तम्तयार
त्यही यौटा बानी तेरो खराबले गर्दा
उक्सिंदैनस्, मूल्य तेरो हुन्न कहीँ बढ्ता !
पाल्पा
हाल: काठमाण्डौं -३२

images
प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १४:०५:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend