Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

तुल्सीराम पोख्रेलका पांच मुक्तकहरु

तुल्सीराम पोख्रेलका पांच मुक्तकहरु

नेप्लिज डायस्पोरा

२७, चैत्र २०७६
images
  मुक्तक १ उध्रेको जीवन तुन्दा तुन्दै थाकिन्छ यी सपनाहरू बुन्दा बुन्दै थाकिन्छ । ऊ वा यसले निकास देला भन्दा भन्दै यो वा त्यो नेता चुन्दा चुन्दै थाकिन्छ । मुक्तक २ परदेशमा भएको छ बांच् या मर् आमाले भन्थिन् देशमै केही गर् । सुन्तली सहरमा बसाई सारे हुन्छ छोरो बजारमा पढोस् भन्ने रहर् । मुक्तक ३ चाडपर्व आउँछ र मैलै गाउँ सम्झिन्छु मेला पर्म आउँछ र मैले गाउँ सम्झिन्छु ! कसरी हेर्नु खै उनको पहिरन यो सहरमा छि छि सर्म आउँछ र मैले गाउँ सम्झिन्छु ! मुक्तक ४ उता केही थिएन यता पनि केही थिएन बांचेकै थिए जायजेथा पनि केही थिएन ! यति थलिएका छन् सहरमा मान्छेहरू गाउँमा हुँदासम्म व्यथा पनि केही थिएन ! तानसेन ३ वसन्तपुर , पाल्पा । https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - ०८:४६:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend