Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सरकारको राहत पनि महलतिरै पर्छ -बबिता भुजेल (५ मुक्तकहरू)

सरकारको राहत पनि महलतिरै पर्छ -बबिता भुजेल (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२७, चैत्र २०७६
images
  मुक्तक -१ के बित्या छ वरिपरी कसले बुझिदिने, अाँसु रहेछ गहभरी कसले बुझिदिने, सरकारको राहत पनि महलतिरै पर्छ, झुपडीको भोकमरी कसले बुझिदिने ? मुक्तक -२ थाहा पाएरै मैले जानी जानी, छोडेको हुँ पिउन शुद्ध नपाएपछि पानी, छोडेको हुँ सधैँ धुलो,धुवाँ बढ्दो महँङ्गी खेप्न नसकेर हो यही कारण मैले राजधानी छोडेको हुँ । मुक्तक -३ अाउँछ पक्कै त्यो दिन खास केलाई तेरो मेरो जिन्दगीको हुन्न विश्वास केलाई तेरो मेरो बाचुन्जेली अहम् बोकी के दुश्मनी गर्छौ मित्र ढल्छ शरीर जान्छ सास केलाई तेरो मेरो ? मुक्तक -४ सहनुपर्छ घाम-पानी मुस्कुराउनुपर्छ झर्छन् अाँसु मनोमानी मुस्कुराउनुपर्छ कहिले दुख्छ यो मुटु कहिले रुन्छ मन यस्तै त हो जिन्दगानी मुस्कुराउनुपर्छ । मुक्तक -५ बरु यसै लाग्छ ठिक चाहिदैन मलाई अनावश्यक अत्यधिक चाहिदैन मलाई के रह्यो र अस्तित्व दीर्घकालीन हुन्न भने भयो बरु खुसी क्षणिक चाहिदैन मलाई । खोटाङ हाल : बिराटनगर मोरङ । (✍️बबिता भुजेलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - ०८:५६:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend