Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तिम्रो माया मेरो बाच्ने आधार हुनेछ - बिबिधा भारती (५ मुक्तकहरू)

तिम्रो माया मेरो बाच्ने आधार हुनेछ - बिबिधा भारती (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२७, चैत्र २०७६
images
मुक्तक -१ जिन्दगी मलाई त किसानको सुन्दर लाग्छ भान्छामा आफ्नै मिहिनेतको त अन्न पाक्छ खेतीपातीले जस्तो मानिसको शिर ठाडो कुन तहको जागिरले मान्छेलाई उच्च राख्छ । मुक्तक -२ छोराछोरी ठूला भए बा-आमाको कुरा सुन्दैनन् जन्माएको सन्ततिले दु:ख दिउन अरु चुन्दैनन् गाउँमा बा-आमा एक्लैपारी छोरा शहर पस्दा उनीहरुकै खुशी बुन्छ्न् आफ्ना खुशी उन्दैनन् । मुक्तक - ३ तिम्रो माया मेरो बाच्ने आधार हुनेछ हासो खुशी सबै मेरो उपहार हुनेछ जिन्दगीले जति छल गरे पनि जित्ने प्रयास हार नमानी बारम्बार हुनेछ । मुक्तक -४ जति बगाए पनि प्रदेशमा पसिना देखिदैन जस्तै आकाशबाट झर्ने असिना देखिदैन तिमी जतिसुकै सम्पत्तिको घमण्ड देखाऊ भलादमीको अगाडि झिना-मसिना देखिदैन । मुक्तक -५ लेख्दा लेख्दै मीठा शब्दले साहित्य सन्ज्याल भर्दा नसा नसामा गजल मुक्तक हाइकुको रागहरू छर्दा मनमा आनन्द त्यति बेला आउँछ हेर्नुस् हजुर हाम्रो कहिलेकाही निम्तोमा सवार सिर्जना वाचन गर्दा ।   ललितपुर हाल : साइप्रस   (बिबिधा भारतीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/-nOYsZW0UEg  

images
प्रकाशित मिति :चैत्र २७, २०७६ बिहिवार - ०९:००:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend