Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

बाध्यताको फुर्सद -सन्ध्या राई

बाध्यताको फुर्सद -सन्ध्या राई

नेप्लिज डायस्पोरा

२८, चैत्र २०७६
images
जेलमा होइन, आफ्नो प्यारो घरमा बसेका छौं | अहिलेको घर बसाई अवश्य पनि सबैलाई असजिलो नै छ । यदि हामी कुनै पनि चाड पर्व मनाउन या त छुट्टीमा घर बसेको भए माहोल नै अर्कै हुन्थ्यो । यो सकसपूर्ण बसाईले सबैलाई हैरानी दिएको छ । तर हामीले असहज परिस्थितिलाई पनि उपलब्धिमूलक बनाउन सक्नेछौं । त्यसको लागि त सबै भन्दा पहिला हामीले सकरात्मक पाटो मात्र हेरेर नकरात्मक पाटोलाई बिर्सनु नै पर्छ । मैले धेरै मान्छेको मुखबाट सुन्दै आएकोछु “जेलमा बसे जस्तो भैसक्यो”। हामीले यसरी सोच्यौं भने अवश्य पनि यो अवस्था भनेको जेल जस्तो नै हो र अति नै कष्टकार लाग्छ पनि । तर यदि हामीले यो पाटोलाई बिर्सेर, म जेलमा होईन मेरो प्यारो घरमा बसिरहेकोछु, भन्ने सोच्यौं भने यो बसाई सहज तथा अति मिठो हुन्छ । अरु बेला त यस्तो बसाईको लागि अवश्य पनि साप्तहिक बिदा नै कुर्नु पथ्र्यो तर अहिले बाध्यताले भए पनि यो मौका आएको छ यसलाई स्वीकार गरौं । यस्तो बेलामा समय बिताउनको लागि पनि धेरै उपायहरु हुन सक्छन । सबैको एउटै रोजाइ नभए पनि आफ्नो रुचि तथा प्रथामिकतको क्षेत्र त अवश्य हुन्छ । त्यसैले पहिलो कुरा त आफूलाई जे कुराले आनन्द दिन्छ, त्यो गर्न सकिन्छ । जस्तो कि कसैलाई चलचित्र हेर्न मन पर्ला, कसैलाई गीत सुन्न अनि, कसैलाई किताब पढ्न त कसैलाई लेख्न मन पर्छ, जसलाई जे गर्नमा रुचि छ , त्यही काममा समय खर्च गरे त पक्कै पनि दिन काट््न गाहृोे नहोला । अर्को कुरा मलाई सधैं नै लागि रहने र भन्ने गर्छु “समय मिल्यो भने यो गर्छु, त्यो गर्छु” भन्ने धेरै कामहरु छन्, तपाईको पनि त्यस्ता कामहरु होलान्, त्यस्ता कामहरु पनि सकौं । बिशेष गरी पुरुषहरुलाई अहिलेको यो अवस्थामा दिन बिताउन मुश्किल परेको देखिन्छ । तर दिन बिताउने यी माथिका उपायहरु पनि काम लागेन भने कम्तीमा यो समय परिवारसँग मिलेर बिताउनुस् । किनकी मान्छेको जिवन रहुन्जेल घरमा सधैंमा कुनै न कुनै कामहरु हुन्छन् । तपाईहरुले भन्छाको काममा सहयोग गर्नुस्, तरकारी काट्नुस्, भाँडा माझ्नुस्, लुगा धुनुहोस्, घर सफा गर्नुहोस् त्यसै गरी केटाकेटी भए उनीहरुसँग समय बिताउनुस् । यस्ता धेरै घरका कामहरु छन् जसले तपाई हामीलाई जहिल्यै ब्यस्त बनाउँछ । घरायसी कामकाज सिक्ने अथवा बाँडफाँड गर्ने यसलाई एउटा अवसरका रुपमा पनि लिन सक्नु हुनेछ तपाई पुरुषहरुले पनि । महिला दिदि बहिनीहरु त अहिलेको यो परिस्थितिमा पनि फुर्सद पाउनु भएको छैन होला । अझ कतिपय महिलाहरुमा त सामन्य अवस्थामा भन्दा पनि धेरै कामको बोझ बढेको हुन सक्छ । सबै जना घरमै बसे पनि प्राय जसो घरको काम गर्ने त महिलाहरु मात्र हुन्छन् । अझै पनि बिशेष गरि दक्षिण एशियाली महिलाहरु त जुनसुकै अवस्थामा पनि काम बिशेषले बाहेक बाहिर जाने चलन छैन । त्यसैले यो अवस्थमा पनि घरमा समय बिताउन कठिन नै त भएको छैन होला । अवश्य पनि आर्थिक पाटो त आफ्नै ठाँउमा छ तर हाम्रो मात्र समस्या होईन, यो त अन्तराष्ट्रिय मुद्दा नै हो । यो बिषम परिस्थितिबाट उम्केर अगाडि बढियो भने केही न केही उपाय हुन्छ । जहाँ समस्या त्यहाँ समाधान पनि हुन्छ । अर्को कुरा, हामी कोही बिसौं बर्ष पहिला त कोही बीस हप्ता पहिला अमेरिका आएका हौला तर जो जहिले यहाँ आएको भएता पनि यसरी घरमा बसेर, सुतेर अथवा मनलाग्दी गर्ने समय कसैसँग कहिले पनि भएन होला । अहिले बाध्यताले भए पनि यो समय पाएका छौं, दिक्क मानेर होइन बरु रमाईलो गरि बिताउँ । समयको सदुपयोग गरौं, आफूले जानेको, सकेको काम गरेर । बर्षौ पछि यति धेरै लामो समय सपरिवार सँगै बसेर खाने, खेल्ने, समय बिताउने पाएका छौं, यसलाई जेल होइन स्वर्गमा छु भन्ने आभाष लिऔं । चाहे परिकारमा किन कमि नहोस् तर हरेक छाक सर्वोकृष्ट भोजन मानेर खाऔं । शिकागो, अमेरिका   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र २८, २०७६ शुक्रवार - २२:१६:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend