Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

युद्ध कोरोनासँग(कविता) -बिजयीता भण्डारी

युद्ध कोरोनासँग(कविता) -बिजयीता भण्डारी

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७६
images
  आज देश आफू रुँदैछ तिमीलाई हँसाउन बन्द छ सुनसान छ मानौं शून्यतामै विश्वयुद्ध लड्दैछ आफू मरेर पनि तिमीलाई बचाउन घृणाले प्रेमको बिरुवा जन्माए झैं आज रोक नियन्त्रण गर भोली प्रेमले प्रेमको बिरुवा जन्माउनेछ ऊ भित्र्याएको डर त्रासले विकासले फुलेको बिश्व सुगन्ध रित्तिएको फूल झैं बनेको बेला तिमीलाई निर्देशन गर्दैछ चुपचाप बस्न घरभित्र बस्न देशमा संङ्कट उदाउन लागेको छ । देशको युद्ध छ कोरोना रोगसँग तिमी हराउन सक्दैनौं डराउन सक्दैनौं सफा सुन्दर श्रृङ्गारमा सजिएर मात्रै बस कोठामा बन्द भई सजिलैसँग भगाउन सक्छौ तिम्रो सुरक्षाको तिमीसँगै भिख माग्दै आज देश रुँदैछ तिमीलाई हँसाउन बन्द छ सुनसान छ मानौं शून्यतामै विश्वयुद्ध लड्दैछ आफू लडेर पनि तिमीलाई उठाउन आफू मरेर तिमीलाई बचाउन - मेचीनगरपालिका -४ बाहुण्डागी, झापा । (बिजयीता भण्डारीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - ०७:५८:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend