Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

तिमीसँग विवाह गरे नाक काटिन्छ भन्छन् -दिनेश धामी ५ मुक्तकहरू

तिमीसँग विवाह गरे नाक काटिन्छ भन्छन् -दिनेश धामी ५ मुक्तकहरू

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७६
images
मुक्तक -१ लाग्छ यस्तै कामना गरुँ बाढीले लैजाओस् सारा भत्काई देओस् बरु बाढीले लैजाओस् कि हटोस् छाउपडी प्रथा यो समाजबाट, कि त यी छाउगोठहरू बाढीले लैजाओस् । मुक्तक -२ के गरौँ दोधारमा परेँ नाक काटिन्छ भन्छन् तिम्रो सानो जात,अरे नाक काटिन्छ भन्छन् तिमीलाई त्यागी दिऊँ भने यो मुटु काटिन्छ, तिमीसँग विवाह गरे नाक काटिन्छ भन्छन् । मुक्तक -३ गरे पनि जस्तो हर्कत कहाँ सकिन्छ इज्जतै नहुँनेको इज्जत कहाँ सकिन्छ आफै उभिन आफै हिँड्न थाल्दैमा बुवा- आमाको जरुरत कहाँ सकिन्छ ? मुक्तक -४ कहिलेदेखि चल्यो जातभात भन्ने चलन र कस्ले शुरु गर्यो जातभात भन्ने चलन सँगै जीवन बिताउनलाई मन मिल्नुपर्छ, पुरानो भईसक्यो जातभात भन्ने चलन। मुक्तक -५ यो समाजले गर्नै नहुने काम गर्छ भीरबाट लडाएर राम-राम गर्छ मान्छेको छातीमा लात्ती हान्नेले, ढुङ्गालाई लात लाग्दा सलाम गर्छ । - बझाङ्ग, नेपाल । हाल : बैगलोर भारत । (दिनेश धामीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - १७:१३:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend