Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हाटबजार (गजल) - झविन्द्र देवकोटा

हाटबजार (गजल) - झविन्द्र देवकोटा

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७६
images
  बाेडी, सिमी र करेलाका लहरामा फूल तिमी अालु, पिँडालु, मुला र गाजरमा भूल तिमी मसुराे, गहत र रहर खाई नहर तर्न खाेज्दा चिचिण्डा, घिरौंला र लौकाकाे हाल पूल तिमी साग, पालुंगो र बेथेले मस्की-मस्की जिस्काउँदा बण्डा, काउली, फर्सी र साेयाविनमा झूल तिमी भिण्डी, भान्टा, काँक्रो र परवल दाेस्ती तिम्रा परे चना, केराउ, मुङ र मासहरु अझै बटुल तिमी राजमा, झिलिङ्गी र घ्यूसिमीकाे स्वादमा डुबेर ब्राेकाउली, टमाटर र टिमुरकाे स्वाद हूल तिमी । - तानपा -३ भगवतीटाेल, पाल्पा । (झविन्द्र देवकोटाको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - १७:३८:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend