Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खल्लो नयाँ बर्ष यो ! (कविता) -उत्तम विचार

खल्लो नयाँ बर्ष यो ! (कविता) -उत्तम विचार

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७६
images
शार्दूलविक्रीडित छन्द  मर्छन् मानिस ती जलेर नभमा के बस्नु भो त्रासमा भोका ती कति छन् कठै भुवनमा बाँच्ने झिनो आशमा आभा छैन मुहारमा अलिकता भो मान्नु के हर्ष यो वेलाको फलझैं न स्वाद रसिलो आयो नयाँ बर्ष यो ।। मर्दा लास जलाउने जमिनमा छैनन् कुनैं स्थान त्यो बस्ती होस् घर होस् दुरुस्त उभिने आफ्नैछ चिहान त्यो । माया औ ममता विना हृदयमा के गर्नु स्पर्श त्यो वेलाको फलझैं न स्वाद रसिलो आयो नयाँ बर्ष यो ।। आमा छिन् घरमा रुदै बिरहमा संतान छन् बाहिर कोरोना डर त्रास औ प्रलयमा झस्काउने तस्बिर । बाबाका दिन ती विते हरघडी सम्झेर संघर्ष त्यो वेलाको फलझैं न स्वाद रसिलो आयो नयाँ बर्ष यो ।। बज्छन् शङ्ख न आरती भजनमा घन्टा बजेको धुन जान्छन् याचक प्रार्थनीय न कतै त्यो भक्त जाला छुन मर्छ्न् डाक्टर ती तरास भयमा भो काल ती नर्सको वेलाको फलझैं न स्वाद रसिलो आयो नयाँ बर्ष यो ।। मान्दै मान्दिन भो नयाँ अब म ता थोत्रो भएको छु म भन्दै बस्छ पुरानु बर्ष दिलमा होस् भंग या त्यो क्रम । कोरोना यति उच्च भै भुवनमा चुम्दैछ उत्कर्श यो वेलाको फलझैं न स्वाद रसिलो आयो नयाँ बर्ष यो ।। ©उत्तम विचार '०७६ । लिखु-६, नुवाकोट ।   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg    

images
प्रकाशित मिति :चैत्र ३०, २०७६ आइतवार - ०७:२३:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend