यो माटोको चन्दन नरहे साथ रहन्छ के नै शेष
संसारको शुन्दर भू-तल मेरो नेपाल प्यारो देश ।
उषाको लाली धपक्कै बाली
सौर्यको प्यारो धीर
कस्तुरी डाँफे नाचेर हिँड्ने
सगरको उचो शीर !
हिउँफूल फुल्ने हिउँकै कुञ्ज हिमाली त्यो भेष
संसारको शुन्दर भू-तल मेरो नेपाल प्यारो देश ।
शिरफूल सिउरी चटक्कै चुल्ठी
नागवेली झरना छन्
ती आँचलभरि सिर्जना हजार
जुहार अनेक छन् !
बैभवकी खानी थुम्केली रानी पहाडी त्यो भेष
संसारको शुन्दर भू-तल मेरो नेपाल प्यारो देश !
सुनैका बाला झुलेझैँ झुल्छन्
तरेली-तरेली फाँटहरू
पसिना पोखी धर्ती ब्यूँझाउँछन्
सहस्र पौरखी आँतहरू !
अनेकौं तालमा एकै छ लय मिथिल्ला त्यो भेष
संसारको शुन्दर भू-तल मेरो नेपाल प्यारो देश !
यो माटोको चन्दन नरहे साथ रहन्छ के नै शेष
संसारको शुन्दर भू-तल मेरो नेपाल प्यारो देश !
– बाह्रदसी – १, झापा
हाल : काठमाण्डौ ।
(प्रथाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
गीतकार सतिश चापागाईंका गीतहरु
https://youtu.be/-nOYsZW0UEg
https://youtu.be/enSHw4h0vKU