Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बिन्ति न लुकाइदिनुहोस् (कविता) - शारदा पौडेल 'निशा'

बिन्ति न लुकाइदिनुहोस् (कविता) - शारदा पौडेल 'निशा'

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७६
images
  वेदनामा छ तड्पेको छ पिल्सिएको छ उकुसमुकुस भएको छ पिडैपपडामा रुमल्लिएको छ छिया छिया भएको छ हरेकको मन-मुटु त्यसैले हो त्यसैले छाएको छ सिङ्गो विश्वमा एक भयानक आक्रान्त । अझै आक्रान्तित बन्दैछ कल्पनाभन्दा पनि पर....धेरै पर.... कहाँ टुङ्गिन्छ यसको यात्रा गन्तव्यविना होडबाजी र प्रतिस्पर्धा रहित दौडिरहेको छ फैलिरहेको छ कोभिड -19 आक्रामक एक कोरोना भाइरस । यसैको दौडमा म भेटिन सक्छु होडबाजीमा रुमल्लिन सक्छु यदि कतै भेटिएँ र रुमलिएँ भने जीवन र मरणको त्यो अकल्पनीय लडाइँको प्रतिस्पर्धामा सहभागी हुनासाथ मेरो नाम लडाकुमा दर्ता गरिदिनू बिन्ती छ लडाकुमा दर्ता गरिदिनू कोभिड -19 का विरुद्ध युध्द मैदानमा उत्रिएकी छ भनेर । लेखिदिनु सामाजिक सञ्जालहरुमा भनिदिनू समाचारमा छापिदिनू पत्रिकामा न कि मेरो जस्तै लडाइँ आफ्ना र आफन्तले लड्न नपरोस् साथी संगीले भोग्न नपरोस् ती दिनहरु । अपनाउन सक्छन् सजगता गर्न सक्छन् ओखतीमूलो बचाउन सक्छन् आफ्नो जीवन र अरुको जिन्दगी । मलाई किञ्चित पछुतो हुने छैन साँगुरो हुने छैन यो मानसपटल मेटिने छैन मेरो अस्तित्व धिकार्ने छैन यो समाजले किनकी पाउने छन् नयाँ जीवन रहनेछन् आफ्ना परिवारका साथ खेल्नेछन् पारिवारिक भूमिका उचाल्नेछन् एउटा इँटा यो समाजको लागि त्यसैले उनीहरु मर्नु पर्ने छैन आफन्तविना जल्ने छैन लाश मलामीविना रुनु पर्ने छैन मेरो शव हेर्दै धेरै टाढाबाट परिवार आफ्ना र आफन्तहरु । त्यसैले निश्चिन्त भएर विना आज्ञाविना सोधपुछ युद्धभूमिको त्यो कहालीलाग्दो आपतकालीन परिस्थितिमा कोभिड -19 ले पुर्यायो भने पनि सबैले थाहा पाउने गरी लेखिदिनुहोस् मेरो नाम जोगाइ दिनुहोस् अरुको चोला न पारिदिनुहोस् कसैलाई पनि अन्योलको सन्त्रासमा निर्धक्क लेखिदिनुहोस् मेरो नाम बिन्ति न लुकाइदिनुहोस् । – चितवन, नेपाल हाल : स्पेन । (शारदा पौडेल 'निशा'को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :चैत्र ३०, २०७६ आइतवार - १३:३४:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend