Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भवतु सब्ब मंगलम् ! -रबिन बज्राचार्य

भवतु सब्ब मंगलम् ! -रबिन बज्राचार्य

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७६
images
नव बर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभ कामना। तपाईहरु सबैको मंगल होस। सारा बिश्व त्रसित रहेको यस दुखद धडीमा घरहरुमा ठुनेर बस्नु पर्ने दुखको अनुभव गर्दै गर्दा भगवान बुध्द बाट उपदेश गर्नु भएको चतुआर्य सत्यको एक छिन मनन गरौं। सायद यस अवस्थामा यि चार आर्य सत्यहरुको मनन गर्नमा हाल हामी रहॅदै आएको वातावरणले सहयोग पुर्याउने महशुस गरेको छु। चतु आर्य सत्य भनेको बुध्द द्वारा उपदेश दिनु भएको चार वटा सत्य हुन। १) दुख सत्य दुख सत्य हो। यो सबैलाई आउॅछ। दुख धेरै प्रकार का छन। मन परेको कुरा नपाउनु दुख हो। त्यसै गरि मन नपरेको सॅग बस्नु पनि दुख हो। हाल हामी बाहिर जाने मन हुॅदा हुॅदै घर बाहिर जान पाएका छौनौं भने मन नलाइ नलाई घर भित्र थुनेर बस्नु परेको छ। यि त दुखका केहि उधाहरण मात्रै हुन। २) दुख समुदय सत्य दुख उत्पन्न हुनु सत्य हो। हामीले नचाहेर पनि दुख उत्पन्न भइ नै रहन्छ। सारा मानिसलाई एक पछि अर्को गार्हो अप्ठ्यारा कुराहरुले एक पछि अर्को गर्दै मृत्यु नहुन्जेल पछ्याइ नै रहन्छन।हालसालै हामीलाई दुख दिन कोरोना रुपी भाइरस उत्पन्न भएको छ। ३) दुख निरोध सत्य दुख निरोध सत्य भनेको दुख को अन्त पनि हुन्छ भनेको हो। हिजाका दिनमा हामी नेपालमा हुॅदा हामी त्यहा बस्न नसकिने गरि बिभिन्न बाधाहरु आइरहेका थिए। भनौ हाम्रो बिदेसिने इच्छा पूरा भइ नरहॅदा हामी कुनै न कुनै रुपमा दुखी नै थियौं।त्यलैगरि हामी सबैले जीवनको यस मोड सम्म आइ पुग्दा बिभिन्न दुख पिडा भोगेर आइ सकेका छौ भने कति दुखहरु बिलय समेत भएर गइ सकेका छन। त्यसैले दुख को अन्त पनि सत्य नै हो। ४) दुख निरोध गामिनी प्रतिपदा मार्ग सत्य दुख लाई निर्मूल पार्ने बाटो हुन्छ र यो पनि सत्य नै हो। संसारमा बिभिन्न किसिमका दुखहरु आए र गए पनि। हालै भई रहेको कोरोना संक्रमण रुपी दुखका निरोध गर्न बिभिन्न खोपहरु निर्माण गर्ने क्रममा बिभिन्न बैज्ञानिकहरु लगी परेका छन। खोपकै माध्यनबाट अरु बिभिन्न रोगहरु जस्तै यो रोग पनि निर्मूल हुनेछ। हाम्रो जीवनमा बिभिन्न किसिमका रुपहरु लिएर दुख हरु आई नै रहनेछन। तर त्यसको निर्मूलका उपायहरु पनि सॅग सॅगै आइ नै रहनेछ। दुखका बिभिन्न कारणहरु हुनेछन। तर पक्कै निवारण पनि हुॅदै जानेछ। त्यसैले दुख बाट कति पनि बिचलित नहुनु होस। संयमित भएर दुखको निवारण गरौं। हाल कोरोना रुपी दुखको मूल कारण भनेको घर बाहिर जानु नै हो। घर भित्रै रहॅदा कोरोना त्यसै घर भित्र आउॅदैन। दुख उत्पन्न हुनै पाउॅदैन। त्यसैले संयमित रहौं। नयाॅ बर्ष सबैको मंगल होस्। भवतु सब्ब मंगलम् ! न्यु योर्क, अमेरिका   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :चैत्र ३०, २०७६ आइतवार - १५:४७:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend