Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मेरो रातो कफन किमार्थ नजलाउनू (कविता) - राजबाबु श्रेष्ठ 'सागर'

मेरो रातो कफन किमार्थ नजलाउनू (कविता) - राजबाबु श्रेष्ठ 'सागर'

नेप्लिज डायस्पोरा

१, बैशाख २०७७
images
  आमाकै धराबाट जन्मिएर आमासँगै लडिरह्यो ऊ भोकमै हुर्किएर भोकसँगै लडिरह्यो ऊ निस्पट्ट अँध्यारोको छातीमाथि दायाँ घुँडाले टेकेर आफैँ हराउने कालोरातको घाँटी निमोठिरह्यो ऊ अत्याचारको सर्पले डसिरहँदा पनि बेफिक्री भएर बिहानीका तरबारहरू अर्जापी रह्यो ऊ । निरीह पाठेघरमा सपनाको वीर्य हुर्किएकै दिन खाएको हो उसले, देश बनाउने कसम बाँधेको हो उसले, निधारमा रातो कफन निदाएको अभिनय गर्ने नायकलाई उठाइरहँदा जब उठ्दैन बुझ्नू ऊ मुर्दा भैसक्यो । भन्छ ऊ अझै - ''फेरि केको दुश्मनी मुर्दासँग जाऊ माफ गरिदिएँ तिमीलाई ढुक्क हौ तिमी आउँछु म मलामी दिन्छु म तिमीलाई अन्तिम माटोको सलामी उखेल्नू छ मलाई काँडाहरू उमार्नु छ मलाई भोकका सपनाहरू र हुर्काउनु छ मलाई समृद्धिका विपनीहरू ।'' ''सुन ए मलामीहरू हो ! देशकै लागि म शहीद भएको छु तर मेरो रातो कफन किमार्थ नजलाउनू त्यही रातो कफन छ र पो म शहीद भएको छु किनकि; मलाई पूरा गर्नू छ म आफैँले खाएको देश बनाउने कसम जुन दिन पूरा हुनेछ मेरो त्यो कसम यही कफनलाई म राष्टिय झन्डा बनाउने छु ।'' सुन ए मलामीहरू हो ! मेरो रातो कफन किमार्थ नजलाउनू है । - महोत्तरी, गौशाला न. पा. -१ (राजबाबु श्रेष्ठ 'सागर' को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - ०८:५२:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend