१, बैशाख २०७७
नसम्झ एक्लो, पीडाहरूको जमात छ
उज्यालो नहोस्, सँगै रहिरहने रात छ
प्रहार गरिरह्यौ प्रेमले पहिले छातीमा
टुक्रियो बल्ल, अब छरिने सुरुवात छ
गुरु कारागारमा माग्नुहुन्छ दक्षिणा
औंलाले पुगेन, लिनुहोस् यही हात छ
पुग्नू अझै उँचाइमा, छ शुभकामना
मलाई भूइँ दिनुहोस्, यही औकात छ
डोलीमा देखें तिमी मुस्कुराएनौ प्रिया
अझै मप्रति गुनासो छ, या आघात छ ।
- विर्तामोड -८, झापा,
हाल : का म न पा - २९ अनामनगर, काठमाण्डौ।
(कृष्ण प्रसाईंको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
गीतकार सतिश चापागाईंका गीतहरु
https://youtu.be/-nOYsZW0UEg
https://youtu.be/enSHw4h0vKU
प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार -
०८:५७:०४ बजे