Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

तिमी स्वीकार गर वा अस्वीकार प्रेम गरेको छु (५ मुक्तकहरू) -धन प्रसाद पुन 'दीपशिखा'

तिमी स्वीकार गर वा अस्वीकार प्रेम गरेको छु (५ मुक्तकहरू) -धन प्रसाद पुन 'दीपशिखा'

नेप्लिज डायस्पोरा

१, बैशाख २०७७
images
मुक्तक - १ तिमी स्वीकार गर वा अस्वीकार प्रेम गरेको छु तिमीलाई भेट्न आकाशबाट धर्तीमा झरेको छु बिन्ती छ मबाट टाढा होइन नजिक आउने गर उनको हृदयमा बास नपाउँदा जिउँदै मरेको छु । मुक्तक - २ बजारमा बस्तुको भाउ अचाक्ली बढेको छ गोजीमा दाम नहुँदा छातीमा शूल गढेको छ यहाँ गरीब जनतालाई बाँच्न गार्‍हो हुने भो महँगीले आकाश छुन सगरमाथा चढेको छ । मुक्तक - ३ जन्म दियौं र सारा संसार भेट्न पाएको छु आमा गरिबीले गर्दा सात समुद्र पारी आएको छु आमा यो जुनीमा दूधको भारा तिर्न सक्छु कि सक्दिन सकेसम्म सुखमा राख्ने कसम खाएको छु आमा । मुक्तक - ४ कसैलाई बा-आमाको सम्पत्तिको मात थियोे उनको ठूलो तर मेरो चाहिँ सानो जात थियोे आज मर्नु न बाँच्नुको दोसाँधमा पुगेको छु यी सबै परिणामको पछाडि उनकै हात थियो । मुक्तक - ५ रुखको पात पनि बैँस सकिएपछि झर्दो रहेछ साउने भेल घट्दै गएपछि जो पनि तर्दो रहेछ मुखमा रामराम बगलीमा छुरा बोक्ने धेरै छ्न् आफ्नै भन्नेले छल गरेपछि विश्वास मर्दो रहेछ । बागलुङ । (धन प्रसाद पुन 'दीपशिखा' का यी गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख १, २०७७ सोमवार - ०९:०२:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend