Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कोरोनालाई जितेका एक नेपालीको अनुभव र सुझाब

कोरोनालाई जितेका एक नेपालीको अनुभव र सुझाब

नेप्लिज डायस्पोरा

२, बैशाख २०७७
images
अमेरिकाको न्यु योर्कका ५५ बर्षीय एक नेपालीले घर मै उपचार गरेर कोरोनालाई जित्नुभएको छ । न्यूयोर्क एल्महर्स्ट हस्पिटल नजिकै उहाँको बसाई छ । तर कोरोना पोजेटिभ भएपछी पनि उहाँलाई यो हस्पिटल जानु परेन । घर मै बसेर निको हुनुभयो । निको भएपछिको खुशी साटासाट गर्दै गर्दा पनि उहाँले नेपालका आफन्त डराउने र अरु बिबिध कारण देखाउदै आफ्नो परिचय नखुलाउने गरि कथा प्रकाशन गर्न तयार हुनुभयो । नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरीले उहाँसंग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं । म न्यूयोर्क एल्महर्स्ट हस्पिटल नजिकै बस्छु । उमेर ५५ बर्ष भयो । नेपालमा मेरो घर पश्चिममा पर्छ । म मेरो परिवारका साथ अमेरिकाको न्यु योर्कमा बस्दै आएको छु । अहिले कोरोना लागेर पनि निको भएकोले यो खुशी बाडदै छु । मार्च १७ को दिन दैनिक काम सकि बेलुका घर आएपछी शरीर र घाँटी अति दुखेको र सुख्खा खोकीका कारण रातभरि सुत्न सकेका थिएनन। भोलि पल्ट हस्पिटल गै १४ घण्टाको पर्खाइपछि परिक्षण गर्दा लक्षण अनुसार त्यस्तो सिरियस नदेखिएकाले कोरोना भए नभएको चेक गर्न नपर्ने भन्दै घर मै गएर क्वारेन्टाइनमा बस्न सल्लाह दिए। मलाई यसले केही राहत मिले जस्तो त भयो तर आफ्नो उमेर अनि मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेर जस्ता विमारहरुका औषधि सेवन गरिरहेका कारण आफुले आफैलाई विश्वस्त दिलाउन नसकी कोरोना चेक गराउनै पर्छ तर कसरी गराउने होला भन्ने कुराले पिरोलीरह्यो। सौभाग्यवश त्यहीँ कार्यरत नेपाली परिचारिकाले सुझाब दिईन र भनिन, "हजुरलाई चेक नै गराउँछु भन्ने लागेको भए भोलि विहानै नि:शुल्क चेक गर्ने लाईनबाट आउनुस त्यहाँ चेक गर्छ ।" एउटा नेपाली सहि ठाउं भैदीदा कति सजिलो हुँदो रहेछ भन्ने कुरा त्यो दिन थाहा पाएँ । मैले त् भगवान पाएजस्तै भयो । ती बहिनीको दिएको जानकारी अनुसार २० तारिकका दिन कोरोना परिक्षणको काम सकियो । २३ तारिक नतिजा आयो । मनले नेगेटिभ आईदिओस भन्ने कामना गरेर बसेको थिएँ तर मनले भनेजस्तो सधै कहाँ हुन्छा र ! रिजल्ट पोजेटिभ आयो । एकछिन त संसार अन्धकार नै देखें । अब म यो सन्सारमा केहि दिनको पाहुना मात्र हुन् भन्ने लग्यो। घर परिवार, नातगोता-इष्टमित्र, साथी आदि सबैलाई एकएक गरी सम्झिन पुगें । तर डराएर पनि भएन । घरमा श्रीमती र छोराछोरीहरुले केहि हुन् भनेर सान्त्वना दिईरहन्थे । उनीहरुसंग कुरा गर्दा त ठिकै हुन्थ्यो तर ज्वरो, खोकी र शरीर दुखाईको पिडाले गर्दा मर्छु भन्ने नै लाग्थ्यो । यद्यपि डाक्टरहरुले दिएको सुझाव अनुसार श्रीमती छोराछोरीहरु सम्झी आफुलाई सम्हाल्न पर्छ भन्दै हिम्मत गरीरहें । चार दिनसम्म त सार्है दुख भयो ।सुत्न पनि सकिन । अति भयावह त्यो क्षण सम्झिँदा अहिले पनि सिरिङ्ग हुन्छ । न्युयोर्कको १ बेडरुमको अपार्ट्मेन्टमा २ छोराछोरी र श्रीमती सहित आजका दिनसम्म क्वारेन्टाइनमा बस्दाको पिडा कसैले पनि भोग्न नपरोस् भनि प्रार्थना गर्दछु। लगभग ३ हप्ताको कहर अति भयावह र पिडादायी भयो।बिस्तारै सबै लक्षण हराउंदै गएको छ । म बिस्तारै सामान्य अवस्थामा फर्किदै छु । विभिन्न डाक्टरहरुसङ्गको चरणवद्द कुराकानी पश्चात् डाक्टरहरुले तपाईको शरीरले कोरोना विरुद्ध लड्ने शक्ति सिर्जना गरेकोले अब खतरामुक्त हुनुभयो भनेका छन् । साथै डाक्टरले इच्छा भएमा मेरो रगत दान गर्न सुझाव दिएका छन् । किनकी डाक्टरहरुको भनाइ अनुसार उक्त रक्तप्लाज्मा अरु कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न सकिने भन्ने जानकारी थाहा लाग्यो। यस बिषयमा म सोच्दै छु । घर मै सेल्फ क्वारेन्टाईनमा बस्दा मैले यस्तो गरें : १.  चिसो चिज खाने, पिउने गर्दै नगर्ने। २. बेसार, टिमुर, ज्वानो, अदुवा, ठूलो इलाईचीको काढा बनाइ निरन्तर पिउने । ३. चुल्हा-चौकी, शौचालय, ढोकाका ह्यान्डल, नब, चुकुल जस्ता घरिघरि प्रयोग हुने बस्तुहरु नियमित स्यानिटाइजेसन गर्ने । ४. सिरकले आफूलाई छोपी सुन्तला वा कागतीको बोक्राको वाफ लिने। वाफ लिँदा मुखद्वारा श्वास लिने। त्यस बखत निस्केको विकार सिरक भित्रै एउटा जिपलक ब्यागमा   फाल्ने र उक्त ब्याग पछि सुरक्षित तवरले डिस्पोजल गर्ने। ४. वाफ लिने प्रक्रिया पहिलो हफ्ता दिनको ३ पटक । दोस्रो हफ्ता दिनको २ पटक। तेस्रो हफ्ता दिनको १ पटक । ५. ज्वरो घटाउने औषधि डाक्टरको सल्लाह अनुसार नियमित खाने । सम्पूर्ण प्रियजनहरु कोरोना लाग्यो भन्दैमा भयभित भैहाल्नु पर्ने स्थिति छँदैछैन। संयम भै सुरक्षाका विधिहरु अपनाइयो भने कोरोनालाई पराजित गर्न सकिँदो रहेछ भन्ने यो एउटा उदाहरण हो। सुरक्षित रहनुहोस। घरमै बस्नुहोस। यो संक्रमण नफैलियोस भन्नाका खातिर यो बाहेक अरु केहि उपाय छैन। परमेश्वरले हामी सबैको कल्याण गर्नु हुनेछ। धेरै चिन्ता नलिनुहोस । तपाईहरुलाई नहोस भन्ने कामना गर्दछु, भईहाल्यो भने पनि केहि अफ्ठेरो त हुन्छ नै तर सकारात्मक कुरा सोच्नुस र हिम्मत नहार्नुस । एकदिन म सन्चो हुनेछु र पहिला कै अवस्थामा फर्केनिछु भन्ने कुरा सोचिरहनुहोस ।   गीतकार सतिश चापागाईंका गीतहरु   https://youtu.be/-nOYsZW0UEg https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार - ०८:५७:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend