आज ५ नम्बर प्रदेश सरकारको बजेट बाड्फाड हेर्दा केही भन्न मन लाग्यो । हामीले गर्नुपर्ने र गर्न सकिने काम धेरै छ्न सरकार । योजना बनाएर पैसा बाडौ। पैसाले मात्र केही नहुने कुरा आज युरोप र अमेरिका हेरेर बेलैमा सोचौं । हामी सङ्ग प्राकृतिक श्रोत र श्रमशक्ती जिवित छ। हामी सबै बाचेदेखि राजनीति गर्ने दिन बाकी छ। नत्र पछि पछुताउनु पर्ला कोरोना को प्रभाव संगै हाम्रो भबिस्य अनिश्चित प्रायः छ।
१. यसरी पैसा बाडेर मात्र कोरोना रोकथाम हुँदैन कि सरकार ?प्रबिधि प्रयोग गर्ने योजना बनाउदा राम्रो हुन्थ्यो कि?स्वास्थ्य सामाग्री (औसधि र ppe set लगाएत), थर्मल क्यामेरा (भिड्भाड्मा ज्वोरो आएको मान्छेको ट्रेसिङ गर्न ),सेनिटाइजर स्प्रे मेशिन(अटोमेटिक गाडी सहित)आदि।
२. कोरोना परिक्षण आम जनतामा छिटो गर्ने तिर सोच्ने कि? स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अझै असुरक्षित छ्न।तिनको लागि आबश्यक सामाग्री ब्यबस्थापन गर्ने कि?
३. खेतिको सिजन हो किसानलाई राहत दिएर उत्पादन मा जोड दिदा दीर्घकालीन फाइदा हुन्थ्यो कि?भोलिका दिनमा खाद्यान्न अभाव हुँदा अन्तर्राष्ट्रिय बजारमा हस्तक्षेप भएर पैसा र पहुँच ले मात्र बच्ने हुन सक्छ।हालै मास्कको लागि चाइना मा फ्रान्स ,जर्मन र अमेरिकी द्वन्द्व हेरौं ।
४. निश्चिति बिकास निर्माण र उत्पादनका कामको लागी सो क्षेत्रका कामदार वा किसान को स्वास्थ्य परिक्षण गरि त्यो एरियाबाट आवतजावत रोकि काम अगाडी बढाउने कि? लकडाउन सर्न र सार्न रोक्ने अल्पकालीन उपाय हो दीर्घकालीन होइन होला नि?
५. स्थानीय तहसङ्ग पैसाको अभाव हैन होला योजनाको अभाव हो कि? आज सम्म यत्रो शहरमा (उपमहानगर मा समेत) एउटा सेनिटाइजर स्प्रे बुथ पनि छैन। बिरामी अलिकति बढेको खण्डमा थेग्न गाह्रो हुने स्थिति छ।त्यतातिर ध्यान दिने कि?
६. राहत ब्यबस्थित गर्न जरुरी छ तर राहतले मात्र सधैं चल्दैन ।स्थानीय तह र प्रदेश सरकारले रोजगारी सिर्जना( आत्मनिर्भरता को लागि कृषि उत्पादन लगाएत कम जोखिमका क्षेत्र)तिर सोच्ने कि?
७. कोरोनापछि झन ठुलो संकट आउन सक्छ अझै भबिस्य अनिश्चित जस्तै छ।त्यसको लागि केही दीर्घकालीन योजना बनाएर बजार चलाएमान बनाउने सोच्ने कि?
यी लगाएत धेरै गर्नुपर्ने र गर्न सकिने काम छ्न सरकार बाकी हजुरहरुकै हातमा छ।
पांच नम्बर प्रदेश सरकारले हालै गरेका निर्णयहरु |

गीतकार सतिश चापागाईंका गीतहरु
https://youtu.be/-nOYsZW0UEg
https://youtu.be/enSHw4h0vKU