Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

गजल - बिमल खतिवडा माइला

गजल - बिमल खतिवडा माइला

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
  तिम्रो मीठो बोली कहिल्यै छुरा नबनोस् हाम्रो बन्धन् अरुको हाँस्ने कुरा नबनोस् धन-सम्पति त हो आफ्नो आफ्नो भाग तर माया र विश्वास भने अधुरा नबनोस् तीतो र मीठो त आउँछ नि यो यात्रामा तर तिम्रो साथ-सहयोग अपुरा नबनोस् अनेकौं सुन्दर सपनाहरु बुनेका छौं नि कसैको सानो छलले ती टुहुरा नबनोस् अग्निको साक्षीमा सम्बन्धमा हिरा जड्यौं हाम्रो प्रतिज्ञा पट्ट फुटी जाने चुरा नबनोस् । - सिलगढ़ी जिल्ला-दार्जीलिङ्ग, भारत । ( बिमल खतिवडा माइलाको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   अमेरिकामा कोरोनाको अवस्था कस्तो छ ? पत्रकार सतिश चापागाईंसंग देबेन्द्र केसीको बिस्तृत कुराकानी https://youtu.be/UzL5FOvCu7g   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/enSHw4h0vKU https://youtu.be/-nOYsZW0UEg  

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०७:१८:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend