Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - झविन्द्र देवकोटा

गजल - झविन्द्र देवकोटा

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
सुनकाे सिक्री फलेको, किसानकाे गलामा छ यहाँ जादू, केराकै गगनचुम्बीकाे तला-तलामा छ यहाँ पसिनाकाे गन्धमा छ पैसा, मयल निकाली बेच्नू पाेषिलाे अाहार फलफूल र त्रिफलामा छ यहाँ सलाम ठाेक्छु म, मिहेनती ती हातका ठेलालाई बाँच्ने र बचाउने शक्ति काेदालाे र हलामा छ यहाँ पसिनाले माटाे मुछेर, चमत्कार फलाउनू बारीमा दीनदुःखीकाे घरमा हेर्नुस्,खेती गमलामा छ यहाँ सीपलाई राष्ट्रपति,श्रमलाई प्रधानमन्त्री बनाऊँ अब प्रतिपक्ष पनि सीप र श्रमको हमलामा छ यहाँ तानपा -३ भगवतीटाेल, पाल्पा । (झविन्द्र देवकोटाको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   अमेरिकामा कोरोनाको अवस्था कस्तो छ ? पत्रकार सतिश चापागाईंसंग देबेन्द्र केसीको बिस्तृत कुराकानी   https://youtu.be/UzL5FOvCu7g   https://youtu.be/enSHw4h0vKU https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०७:२५:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend