Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एक मिलियन डलर सहयोगपछि शेष घले भने "यो सानो सहयोग हो"

एक मिलियन डलर सहयोगपछि शेष घले भने "यो सानो सहयोग हो"

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
अष्ट्रेलियाका गैरआवासीय नेपाली शेष घले तथा उनकी पत्नी जमुना गुरुङले मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा अध्ययनरत विद्यार्थीका लागि १२ करोड ३० लाख रुपैयाँ (१० लाख अमेरिकी डलर) को सहयोग घोषणा गरेका छन्। अष्ट्रेलियामा कोरोना महामारीपछि विद्यार्थीहरुका लागि निजी स्तरबाट गरिएको यो अहिलेसम्मकै ठूलो सहयोगमध्ये एक हो। विश्वभरिका विद्यार्थीको केन्द्र एमआईटीमा नेपली विद्यार्थी समेत अध्ययनरत छन्। अर्बपति सूचीमा रहेका घले दम्पतीले ‘सद्भाव कोष’ नाम दिएर यो रकम आफ्नो निजी खाताबाट प्रदान गर्ने जनाएका हुन्। हालै बसेको एमआईटी बोर्ड बैठकले घले दम्पतीले राखेको आर्थिक सहयोगको प्रस्ताव पारित गरेको छ। ‘कोरोना महामारीको यो समयमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी अप्ठ्यारोमा परेका छन्। यो विषम परिस्थितिमा विद्यार्थीलाई आर्थिक अभाव नहोस् भनेर सानो सहयोग घोषणा गरेका हौं’, शेष घले भन्छन्, ‘यो नाजुक अवस्थामा विद्यार्थीका लागि यो बाहेक अरु पनि आर्थिक सहयोगको डिजाइन गरिरहेका छौं।’ शुक्रबार घोषणा गरिएको सहयोग कोषबाट एमआइटीमा अध्ययनरत हरेक विद्यार्थीलाई ५०० डलरसम्मको पहुँच सहजै हुनेछ। यो रकम भुक्तान गर्नुपर्ने दायित्व विद्यार्थीलाई पर्ने छैन। ‘कोरोना महामारीका कारण केही विद्यार्थीले गर्दै आएको पार्टटाइम काम गुमाएपछि अप्ठ्यारो अवस्थामा परेको हामीलाई जानकारी छ’, शेष घले भन्छन्, ‘उनीहरु आफ्नो देश फर्किन समेत असमर्थ भइरहेको अवस्था छ। ढुक्कसँग अध्ययनमा केन्द्रित हुन सकुन भनेर यो सहयोग घोषणा गरेका हौं।’ शेष घले दम्पतिले सन् १९९६ मा अष्ट्रेलियाको संघीय विश्वविद्यालयसँग साझेदारी गर्दै एमआइटी स्थापना गरेका हुन्। पछिल्लो समय उनी बहुराष्ट्रिय रुपमा रियल स्टेट र होटल व्यवसायमा केन्द्रित छन्। नेपालको लम्जुङमा जन्मिएर सन् १९९० को दशकमा विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका घले छोटो समयमा उदाहरणीय प्रगति गर्ने नेपालीमा पर्छन्। उनी सन् २०१३ देखि १७ सम्म चार वर्ष गैरआवासीय नेपाली (संघ)को नेतृत्वमा थिए। नेपालमा उनको झन्डै १२ अर्ब रुपैयाँको लगानीमा शेराटन काठमाडौं होटल निर्माणाधीन छ। नेपालमा परोपकारी काम गर्न घले दम्पत्तिले एमआइटी ग्रुप फाउण्डेसन स्थापना गरेका छन्। घले सन् २०१८ देखि निरन्तर अष्ट्रेलियाको डलर अर्बपति सूचीमा छन्।   https://youtu.be/UzL5FOvCu7g

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ११:३३:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend