Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -दुर्गा क्षेत्री

गजल -दुर्गा क्षेत्री

नेप्लिज डायस्पोरा

७, बैशाख २०७७
images
तनको चोट कस्तो हुन्छ मनको घाउलाई सोध त्यो कालो कोट कस्तो हुन्छ वकील बाउलाई सोध वर्णन गर्छन् जताततै सुन्दरता र हरियालीको वरको बोट कस्तो हुन्छ उजाड ठाउँलाई सोध तिमी माग्छ्यौ हिरा-मोती सुनै-सुनका तिलहरी हजारको नोट कस्तो हुन्छ लुट्ने साउलाई सोध विकासका नाराहरू फलाक्नु फलाके यी नेताले अमूल्य भोट कस्तो हुन्छ दुर्गम गाउँलाई सोध किन घृणित खेल खेल्छन् नारी जातको अस्मितामा नारीको खोट कस्तो हुन्छ जन्माउने माउलाई सोध - नवलपरासी ( सुस्ता पश्चिम ) सुनवल - ५ ( दुर्गा क्षेत्रीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/ZUTyTBDOil4   https://youtu.be/ZUTyTBDOil4https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १७:०७:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend