Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भिजेकाे बिरालाे बनिदिन्छ मन - साैगात समर्पण (५ मुक्तकहरू)

भिजेकाे बिरालाे बनिदिन्छ मन - साैगात समर्पण (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

७, बैशाख २०७७
images
  मुक्तक -१ मनबाट हजार भाेल्टकाे तरङ्ग अाउँछ प्रेमकाे शुरुवातमा खुब उमङ्ग अाउँछ फेरि भिजेकाे बिरालाे बनिदिन्छ मन जब बीच-बीचमा बिहेकाे प्रसङ्ग अाउँछ । मुक्तक -२ भएर छातीमा अप्ठेराे मुटु दुख्छ ? मेराे भाई के यसरी तेराे मुटु दुख्छ ? छिमेकीले माटाेलाई ताक्दा मात्रै पनि सहनै नसक्ने गरी मेराे मुटु दुख्छ । मुक्तक -३ अरुकै प्रेमकाे थुङ्गाे भइसक्नेछु लाएर निर्णयकाे टुङ्गाे भइसक्नेछु जुन दिन तिमी फूल हुनेछाै नि प्रिय त्याे दिन म ढुङ्गाे भइसक्ने छु । मुक्तक -४ नगर न यार मनमै घाेचे जस्ताे जिउँदै खाडलभित्र काेचे जस्ताे तिम्ले चाहे जस्ताे म नहुँला भलै तर छैन यार तिम्ले साेचे जस्ताे । मुक्तक -५ दाैडिन्छ मन हतासमा ढुङ्गा लागे जस्ताे मानाैँ मुटुकै अासपासमा ढुङ्गा लागे जस्ताे तिमीले एक्कासी बिहेकाे सुपारी दियाै नि लाग्याे भाेजनकाे गासमा ढुङ्गा लागे जस्ताे । - काेहलपुर बाँके । (साैगात समर्पण यी मुक्तकहरु  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १७:२०:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend