Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

हे शैलकी सुन्दरी(कविता) - कर्मसही घर्ती मगर

हे शैलकी सुन्दरी(कविता) - कर्मसही घर्ती मगर

नेप्लिज डायस्पोरा

७, बैशाख २०७७
images
हाम्रै संस्कृति सभ्य भव्य छ नि हाै ! कस्को सिको गर्नु को ? आफ्नै सुन्दर भेष गाउँघरको लुङ्गी र चोली न हो यी पोते पटुकी चुरा छङछङी टीका सुहाए अती हाँसो वैभव हो रहेछ मनको हे ! शैलकी सुन्दरी ।। क्या राम्री नव याैवना सुरसिली उन्मत्त यो शैशव क्या ! दामी अझ मन्दमन्द वयमा मुस्काउँदी वैभव साँच्चै साैम्य प्रसून लाग्छ तनमा माया खिले झैं गरी राम्रो होस् सब सोँच नम्र मनमा हे शैलकी सुन्दरी ।। हाँसो मुक्त मिठो सदैव रसिलो बोली मिठो साथमा सारा कल्मष भाग्छ हेर मनको माया भए पासमा हामीभित्र लुकेर बस्छ समता प्रारम्भ माया छरी न्यानो साथ सदैव हुन्छ जगमा हे शैलकी सुन्दरी ।। हाँसाैं स्वस्थ बनाैं अझेै प्रकृतिमा हाँस्दै बिताऔं जुनी के लानू छ र हाै मरेर सँगमा पीडा फुकाऔं अनि । हाँसोमा सब शत्रु मित्रजनमा ती फेरिए शार्वरी हाँसोमा अझ खुल्छ व्याप्त मन यो हे शैलकी सुन्दरी ।। बोल्नेको त पिठो बिकेर सकियो गम्केर हाँस्दै बस्यो जो बोल्दैन कुहेर चामल सरी थन्केर बस्ने भयो । यस्तै हो प्रिय प्रीतिमा हृदयको भाका बुझे आखिरी माैका आउँछ एकपल्ट सबको हे शैलकी सुन्दरी ।। - पुथा उत्तरगंगा गाउँपालिका -१, मैकोट, रुकुम (पूर्व) (कर्मसही घर्ती मगरको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/ZUTyTBDOil4   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १७:३४:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend