Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कस्तोछ आज देश! (गजल) -सुरेशकुमार पन्डे

कस्तोछ आज देश! (गजल) -सुरेशकुमार पन्डे

नेप्लिज डायस्पोरा

८, बैशाख २०७७
images
राहदानी दिएर परदेशमा सारेपछि देश, रम्मिते बन्यो सम्पतिनै नितारेपछि देश। लडेर छे दशक सम्म शहिदको खेति ले, पटक पटक शम्बिधान तिखारेपछि देश। जनताले फ्याँछन निरंकुश साशन लाई, नेता को गलतिले हजारौँ मारेपछि देश। पृथ्वीनारायणको योगदानमा प्रश्न चिन्ह, लाग्यो संघियतामा नेताले झारेपछि देश। संसारमै कहिले गुलाम भैन ईतिहाश हरौँ, भन्न आश्चार्य लाग्छ अलपत्र पारेपछि देश। छिमेकको अतिकर्मणले सदै घायल भयो, दलाल नेताहरुले सम्पति बडारेपछि देश। एउटै आमाका शन्तान लाई बाँटे जातिमा, साशक को रजाई छ जनता नारेपछि देश। कस्तो लाग्छ यो लाकडाउनकै अभदि मा, आफ्नो शन्ताननै थुनेर बार बारेपछि देश। दुनियाँको रक्षक बनेर लड्ने बिरहरु पनि, हेर एकनजर मा आफै सँग हारेपछि देश। आफ्नै शन्तान देशमा नअटाउँने कारण त, केगरोस नेताहरुले सम्पति डकारेपछि देश। १७-४-२०२०,  दाङ घोराही उप महानगर पालिका १८ (हाल भारत)

images
प्रकाशित मिति :बैशाख ८, २०७७ सोमवार - ११:४६:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend