Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -जेराणा

गजल -जेराणा

नेप्लिज डायस्पोरा

८, बैशाख २०७७
images
जिन्दगि यो कस्तो भयो बाहिर जानै रहर भयो सारा संगत छोड्नु पर्यो घरै बस्ने रहर भयो बुढापाका भन्ने गर्थे घरै बस्नु नजानु कहीं घुमी फिरी देश विदेश घरै बस्ने ठहर भयो हेर विज्ञानले हारेर प्रकृतिले जित्यो बरै महाशक्ति सबै झुके कोरोनाको कहर भयो सारा संसार ठप्प पार्दै भाईरस युद्द चर्कियो डाक्टर साइन्टिस्ट जिल्ल परे जडिबुटी अजर भयो बेपार बन्द, सेवा बन्द, कार्यालय बन्द, उपचार पनि बन्द शहरको रमझम बन्द भयो गाउँ फर्कने लहर भयो बाँच्नै गारो पर्यो शहरमा अनलाइन सेवा मात्र रह्यो खेति किसानी गाउँमै गर्ने सुनसान अब शहर भयो ०४१३२०, २०७७ बैशाख १ गते सोमबार शिकागो अमेरिका   https://youtu.be/UzL5FOvCu7g   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg  

images
प्रकाशित मिति :बैशाख ८, २०७७ सोमवार - १५:४६:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend