Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आफ्नै कात्रो घुसमा खाउ (कविता) -प्रियरंजन दाहाल

आफ्नै कात्रो घुसमा खाउ (कविता) -प्रियरंजन दाहाल

नेप्लिज डायस्पोरा

९, बैशाख २०७७
images
श्रमले फुटेका हात नाम्लोको भारिले च्यातिएको टोपीभित्र सारा पीडा लुकाएर बाचेको छ परिवारदेखि टाढा "बहादुर" बनेर आँशुहरु लुकाएर उ हासेको छ | बेदनाको रासभित्र ,परिवारको सुख चित्र कोर्दै एक छाक मिठो खुवाउने सपना सजाएर परदेशिएको त्यो अनागरिकले न अलिनो खाँदा किन्न पाउँ भनेर नुन मागेको छ न कहिले राज्यसंग सिटामोल मागेको छ तर फर्किंदा आफ्नै देशमा उसलाई काँडे तार लागेको छ | राज्यसंग जन्मसिद्ध नागरिक अधिकार मागेन बेरोजगार बनेर राज्यको भार बन्न तिर लागेन जीवन संगै बिताउन नपाएपनि आफ्नै पसिनाले किनेको कात्रो लिएर परिवारसंगै मर्ने सपना बोकेर आएको छ तर राज्यले उसको मृत्युको सपनामा पनि सीमामा रोक लगाएको छ || हे सरकार , तिनले आफ्नो मृत्युका लागि ल्याएको सेतो कात्रो घुसमा खाउ , जल्ने काठमा कमिशनको प्रतिशत छुट्याउ तिम्रो मृत्युमा चिता बनाउन चाहिने चन्दनको लागि छुट्टै कर लगाउ तर बिन्ति परिवारसंगै मर्ने तिनको सपनामा ,तिनको इमान्दारितामा आफ्नो अकर्मन्यताको कालो दाग नलगाउ ||

images
प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - १५:२५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend