Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नयाँ वर्ष -सागर तामाङ

नयाँ वर्ष -सागर तामाङ

नेप्लिज डायस्पोरा

९, बैशाख २०७७
images
गुराँसको रङ्ग टिपेर अलिकती मिसाइदिनु माटोमा र त्यै माटोले कोरिदिनु हरेक नेपालीहरुको मुटुमा देशको “मानचित्र" र लेखिदिनु सुनगाभाको रङ्ग चोरेर हरेक नेपालीहरुको निधारमा स्वाभिमानको अग्लो  "सगरमाथा” नयाँ वर्ष तिमीलाई फेरि पनि स्वागत छ । प्रेम र सदभावको पारिलो घाम लगेर ओछयाइदिनु गरीब र दुखीहरुको वस्तीमा जहाँ ओसिएर बसेका छन् हजारौं झुपडीहरु आफ्नै आँसुको डुवानमा जहाँ ओेइलिएर बसेका छन् हजारौं सपनाहरु दु:ख र कष्टका अग्ला-अग्ला बोटहरुमा सक्छौ भने लगेर थमाइदिनु हातमा अलिकती सुखको सास थमाइदिनु ओठमा अलिकती खुशीको मुस्कान र सजाइदिनु आँखामा रहर र सपनाहरुको सानो इन्द्रेणी नयाँ वर्ष तिमीलाई फेरि पनि स्वागत छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०७७ मंगलवार - १६:३५:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend