Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आमा (कविता) - अर्पणा के.सी.

आमा (कविता) - अर्पणा के.सी.

नेप्लिज डायस्पोरा

१०, बैशाख २०७७
images
  पिडा सायद उस्तै थियो होला है आमा तिम्रो अनि मेरो र अरू आमा हुनेहरूको पनि त्यतिबेला मैले बुझ्दै बुझिन, बुझ्ने कोशिश नि गरिन मलाई यस्तो, मलाई उस्तो किन भन्दै मैले गर्ने प्रश्नहरूमा हो आमा हिजो हजुर मौन भएर नदिएका हर प्रश्नका जवाफहरु मसँग आज छ्न् र मलाई पनि त्यस्तै प्रश्न आउँदा हिजो तिमीले अप्नाएको मौनता आज म कठिन र जटिल हृदय जलाउँदै अप्ठ्यारो मौनतामा मात्रै तिमीलाई महशुस गरिरहेको छु । म त्यो बल्दै गरेको दियोको बाती झैं जल्दा मात्रै आज ती हिजोका जलन स्पर्श गरिरहेकी छु आमा। मेरा खुशीका निम्ति तिम्रा ती अहोरात्र खटिएका समय अनि ती दु:ख दर्दमा भित्र-भित्रै रातभरी ओछ्यानमा छट्पटी गरेका पल आज मात्रै मैले अनुभुति गरे आमा, मेरै सुख र खुशी खोज्दै आज पनि तिमी लठ्ठीको सहारामा मेरो दैलोमा सुखका सगुन र मेरा आँगनमा शान्तिको फूल रोप्न आइरहेकी छौ आमा !! अहोभाग्य आमा आज पनि म मेरा हरेक आवश्यक्ताका व्यथा तिम्रो पोल्टोमा हाल्दै तिम्रै काखमा लुट्पुटिँदै तिम्रै हातले दूध भात मुछेर कोखाई कोखाई गर्दै तिम्रो ममताले मेरा भोक र तिर्खा मेटाई रहेछु आमा । जब मैले कोखमा बोकेर हलचल गर्न सकिन अनिँदा रात र दिन कटाउन सकिन जब मैले प्रसव पिडाले बज्जारिदै लडिबुडी गर्दै, आफूलाई संयमित पार्न सकिन हो आमा त्यतिबेला मैले आमा हुनुको अर्थ बुझेँ आमाको ममता बुझेँ आमाको समर्पण बुझेँ । प्रत्येक कुनै पल छैन होला आज म आमा भएर आमा बनेकी बनिनँ , तिमी जस्तो हुन सकेँ कि सकिनँ तर म आज हिजो मैले कोखबाट जन्माएकी मेरो सन्तान मैले पिडा सहन नसकेर बेहोस भएर जब होस पाएँको थिएँ मेरो प्रश्न थियो के जन्माएँ भनेर ? लक्ष्मी !! जन्मेकी छिन हेर तँ म भक्कानिएर रोएकी थिएँ किन थाहा छ ? फेरि अर्को पटक पनि मैले सन्तान जन्माउनु पर्नेछ दश महिना सकस खेप्न पर्नेछ रातदिन कटाउन, मरेर ज्युनुपर्दछ वाकवाकी लागेर पेट थिच्नु पर्नेछ पिड्युल्ला फर्केर चिच्याउनु पर्नेछ आदै आदि थुप्रै व्यथा खप्नु पर्नेछ । विभेदले रोएकी थिइन म छोराछोरीको फरक दृष्टिमा रोएकी थिइन म म रोएकी थिएँ यसकारण कि पुनः गर्भवती हुनुपर्नेछ मैले घर परिवारले मलाई दोस्रो गर्भको लागि बाध्य गराउनेछ्न् । यावत कुरामा म रोएकी थिएँ र आमा तिमीलाई कति अनुभुति गरेकी थिएँ । आज तिनै मेरी छोरी, मेरी आँखाका नानी मेरो संभावना ,मेरो सुन्दर संसारको ज्योती मेरो आँगनको फूल , मेरो एउटा आँखा म आमा हुनुको अर्थ मेरो स्वाभिमान मेरो सगरमाथा मेरो छोरी तिमीलाई म सम्झेर म आमा हुनुको अर्थ महुशुस गरी रहेकी छु मेरी आमा म तिमीलाई म हुनुको अर्थ भेटी रहेको छु मेरी आमा हो म तिमीलाई सन्तान हुनुको र सन्ततिको आमा हुनुको अर्थ अनुभुत गरिरहेकी छु साँच्चै मेरी आमा तिमीलाई हेप्पी मदर्स डे छोरी !! तिमीलाई म आमाले पनि ह्यपी मदर्स डे। - ललितपुर - १३, कुसुन्ती ।    (अर्पणा के.सी.को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/enSHw4h0vKU     https://youtu.be/UzL5FOvCu7g

images
प्रकाशित मिति :बैशाख १०, २०७७ बुधवार - २३:००:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend