Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

राजन सिलवाल (५ मुक्तकहरू)

राजन सिलवाल (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

१०, बैशाख २०७७
images
  मुक्तक -१ सानो आलीले सुरक्षा गरेको हुन्छ खेतका गराहरूको आकाशमा केहीबेर उडे पनि बास धरतीमै चराहरूको चुनाव त बारबार आइरहन्छ महाशय ! याद रहोस् रुख उभिने हो माटोसँग प्रेम भएमा मात्र जराहरूको । मुक्तक -२ भिज्दै रुझ्दै पनि प्रदक्षिणा गरेको पशुपतिनाथ सम्झिन्छु त्यो मुसलधारे बर्षात् अनि तिम्रो प्रेमील साथ सम्झिन्छु कहिलेकाहीँ कम भाग्यशाली लाग्छ आफू, तर त्यतिखेरै अरबौँ मान्छेहरू बीच एक्लो परेका लाखौँ अनाथ सम्झिन्छु । मुक्तक -३ उद्घाटन नै नभई भत्किन्छन् पुलहरू र बिझाउँछ देख्छु हजारौँलाई कछाड पुग्ने तुलहरू र बिझाउँछ ए खबर बेच्नेहरू ! भो पढ्दिनँ म, सुन्दिनँ समाचार देख्छु भ्रष्टका गलामा पनि फूलहरू र बिझाउँछ । मुक्तक -४ कसैको पहिचान ज्ञान अनि कसैको परिधान हुन्छ दासत्व स्वीकार्दैन उसले जसभित्र स्वाभिमान हुन्छ शम्भु ! निरन्तर चलिरहे पनि वलिदानको श्रृंखला कहिले धर्मार्थ, कहिले धन निम्ति वलिदान हुन्छ । मुक्तक -५ कतै विलासी मदिरा त कतै भोकाहरूको याद आउँछ सडकमा पैदल हिँड्ने हजारौँ रोकाहरूको याद आउँछ लेख्न त मन थिएन मलाई बिहानै विरहको यो मुक्तक इतिहासले खाएका अनेकन् धोकाहरूको याद आउँछ । – महालक्ष्मी न.पा., ललितपुर ।   (राजन सिलवालका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/ZUTyTBDOil4   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख १०, २०७७ बुधवार - २३:२७:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend