Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आमा (कविता) - टंक पन्थ

आमा (कविता) - टंक पन्थ

नेप्लिज डायस्पोरा

१०, बैशाख २०७७
images
आमा सबैकी करुणा बनेकी अखण्डताकाे महिमा बनेकी भएर आमा तब सृष्टि हुन्छ छरेर आमा जग झल्मलिन्छ ।। बुझिन्न आमा जब भित्रबाट पुजिन्न आमा तब मर्मबाट याे भावनाको गहिराइ भित्र खाेजे त आमा महिमा बुझिन्छ ।। पढ्दैन आमा किन आज मान्छे ? छ विघ्न स्वार्थी किन आज मान्छे ? मम्मी र ड्याडीपन भित्रिए कि ! बाबा र आमा अब रित्तिए कि ! आमाबिना सृष्टि भरङ्ग हुन्छ आमा भएरै तब जन्म हुन्छ आमासँगै जाग्दछ प्रेमभाव पढेर आमा म बनूँ उदार ।। हिसाब आमा निसाफ आमा पढी नसक्ने छ किताब आमा आकार आमा जयकार आमा संसारभन्दा नि विशाल आमा ।। संसारमै हार्दिक शब्द आमा विश्वासमै मार्मिक शब्द आमा आमा सधैं पावन पूज्य जाे छन् बाेलेर आमा सब धन्य हुन्छन् ।। गाएर आमा सकिँदैन गान चुलिन्छ आस्था अभिमान शान यो जिन्दगीकाे जति जे छ सार भाेगिन्छ आमा महिमा अपार ।। - तानसेन, पाल्पा । (टंक पन्थको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/ZUTyTBDOil4   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :बैशाख १०, २०७७ बुधवार - २३:३६:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend