Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

धर्ती हाँस्छ (कविता) - गंगा लिगल

धर्ती हाँस्छ (कविता) - गंगा लिगल

नेप्लिज डायस्पोरा

११, बैशाख २०७७
images
पृथ्वी सुनो कसरी हुन्छ आमाको रुपमा धर्ती हाँस्छ म त यहीँ छु चिन्ता नमान सम्पूर्णमा बास छ जान । म कलाकारको कलाको रुपमा छु साहित्यको त मुटु नै हुँ मानव मात्रको श्वास प्रश्वासमा जीवन्त भैकन सदा रहन्छु । दिव्य दृष्टि भै संसार चाहार्छु दृष्टी भैकन सबलाई हेर्छु सबमा ज्ञानको ज्योती जलाउँछु प्रगति पथको मार्ग देखाउँछु । वन जङ्गलमा गुराँस भै मुस्कुराउँछु फुलबारीमा बेली चमेली बन्छु इन्द्रकमल भै सुवास फैलाउँछु सबैको मनलाई सन्तुष्ट दिन्छु । म गीतको बोलमा गाउँछु संगीतज्ञको मघुर धुनमा रमाउँछु नील गगन भै विश्व चाहार्छु शीतलताले आनन्द दिलाउँछु । - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल ।

images
प्रकाशित मिति :बैशाख ११, २०७७ बिहिवार - ११:२०:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend