Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कसरी बिर्सन सकुँला बिनोद तिमीलाई -शिव मल्ल

कसरी बिर्सन सकुँला बिनोद तिमीलाई -शिव मल्ल

नेप्लिज डायस्पोरा

१२, बैशाख २०७७
images
  सधै हसिलो, कहिल्यै हतार नगर्ने मिलनसार र सहयोगी मेजर बिनोद श्रेष्ठ । आज उ हामीसंग छैन । २०७२ बैशाख १२ गते शनिबारको भुकम्पले नेपालको भूगोल मात्र हल्लाएन त्यसले मेरो मन पनि हल्लाएर गयो । मन यसरि हल्लायो की कहिल्यै नरोकिने गरि । शायद यो जीवनभरी । बिनोद कसरी बिर्सन सकुँला र म तिमीलाई ! मेरो जिन्दगीमा एउटा असल मित्र, असल नातेदार र असल ब्यक्तिले छोडेर गएको छ । जसरी नेपालमा त्यो भुकम्पले नेपाललाई तहसनहस पारेको छ, त्यसरी नै बिनोदको मृत्युले मेरो जिवन र दैनिकी तहस नहस भएको छ । नेपालमा भुकम्पले हजारौको ज्यान गएको थियो । त्यसमा सबैलाइ दु:ख लाएकै छ तर आफ्नो नजिकको मान्छेको यस्तो खबर सुन्दा निकै दु:ख लाग्ने रहेछ । आर्मिको सुरुवाती दिनमा क्याम्पमा हुदा संगै लैजानेदेखि लिएर फुर्सदको समयमा हरेक दिन बिनोद मसंगै हुने गर्दथ्यो । म अमेरिका आएपछी प्रत्यक्ष भेटघाट नभएपनी दैनिकजसो हुने फोन र च्याटले टाढाको महसुस हुन दिएको थिएन । आज उस्ले भनेको र लेखेका च्याट हिस्ट्री हेर्दा लाग्छ, उ छैन यो संसारमा भनेर भन्न मेरो मनले मान्दैन । उक्त भुकम्पपछी उ हराएको खबर सुन्दा लागेको थियो उ हराएको होइन सायद मोबाईलको नेटवर्क हराएको होला। जब पत्रपत्रिका अनी फेसबुकमा दुखद खबर र मेरो आफ्नै दाईको मलिलो आवाजमा मृत्युको कुरा सुने अनि म छागाबाट खसेजस्तो भयो । केहि सोच्न सकिन केहि क्षणमा फेरी हताहत भएका हजारौ परिवारलाई सम्झिए, फेरी तिम्रै कुरा सम्झिए । "शिव मलाई भेट्न आऊ कि त म नै तिमिलाई भेट्न आऊछु।"तिमीले भनेका थियौ । तर तिमी म भएको ठाऊमा आउन नपाउदै र म तिमी भएको ठाऊमा धाऊन नपाउदै सारा संसारै अन्धकार बनाएर गयौ । फेरि तिमीले सम्झाउने गरेको कुरा सम्झिए । थाहा थियो मेजर हुदाँसम्म देशको लागी मर्ने कसम धेरै पटक खाएको थियौ होला तर यस्तो हालतमा संसारबाट बिदा भयाै साेच्न पनी नसक्ने गरी, जे जस्ताे भएपनी जहा भएपनी सधै हाम्राे यादमा रहिरहने छाै । भुकम्प गएकाे आज पांच वर्ष बित्याे, जे जस्ताे भयाे दैबकाे लेखामा भयाे । यस्ताे अकल्पनीय घटनामा विछिप्त सम्पुर्ण परिवार र म स्वयमंमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन अलबिदा मेजर बिनाेद । बिनोद तिमीले मेरो मुटु चुडाएर गयौ । धड्कन उडाएर गयौ । मन दुखाएर गयौ । यि आँखाका आँसु सुकाएर गयौ । सारा बाँचा बन्धन निमोटेर गयौ ।शरिरका कुनै पनि अंगले चालै नपाउने गरि चिनोटेर गयौ । हरेक दुख सुख मा एक अर्का का साहारा हामी सबै योजना चौपट पारेर गयौ ।संगै बस्ने सपना टारेर गयौ, के मा कमि गरेर र मैले मेरो माया मारेर गयौ । भन्ने गर्थो शिव मलाई भेट्न आऊ कि त म नै तिमिलाई भेट्न आऊछु तर तिमी म भएको ठाऊमा आउन नपाउदै, म तिमि भएको ठाऊमा धाऊन नपाउदै, सारा संसारै अन्धकार बनाएर गयौ, आफैलाई थाहा छैन कसरी सम्हालु तिमीसंग गरेका कुराहरू जे थियो थियो सबै नमिलाएर गयौ, एक्लो पनको महसुस दिलाएर गयौ, हामिलाई छोडेर गएपनि स्वर्ग मा सुख संग बस्नु, सबैसंग मिलेर बस्नु, तिम्रो चिर आत्मालाई सधै शान्ति मिलोस् भन्ने कामना गर्दछु । अन्त्यमा फेरी, सधै हसिलो, कहिल्यै हतार नगर्ने मिलनसार र सहयोगी मेजर बिनोद श्रेष्ठ । आज उ हामीसंग छैन । २०७२ बैशाख १२ गते शनिबारको भुकम्पले नेपालको भूगोल मात्र हल्लाएन त्यसले मेरो मन पनि हल्लाएर गयो । मन यसरी हल्लायो की कहिल्यै नरोकिनेगरी, शायद यो जीवनभरी । बिनोद कसरी बिर्सन सकुँला र म तिमीलाई ! हार्दिक श्रद्धान्जली !!!!   https://youtu.be/RRT9vLGSyZY   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - १८:१०:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend