Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -भोजराज भट्टराई 

गजल -भोजराज भट्टराई 

नेप्लिज डायस्पोरा

१५, बैशाख २०७७
images
खुसी बेचिन्छ, यहाँ सपना बेचिन्छ,
शोकमा नभेटी श्रद्धाञ्जली लेखिन्छ ।
सधैँभरी जित्न मात्रै कस्ले सक्छ र ?
जब हार हुन्छ आफ्नाबाटै हेपिन्छ ।
दुःखमा रमितेहरूको लाम लाग्छ,
हास्ने अवसर दिने कमै भेटिन्छ ।
सच्चा सम्बन्ध बनाउनै मुश्किल छ,
मान्छे बाहिरी रूपमा राम्रै देखिन्छ ।
रुँदा उत्सव हुन्छ भनी हाँस्छ मान्छे
बाहिरी हाँसोले भित्री पीडा छेकिन्छ ?
२०७७।०१।१५, पाल्पा

images
प्रकाशित मिति :बैशाख १५, २०७७ सोमवार - ११:४३:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend